अञ्जलीसँग युवराजको ‘छुटेपछि त छुट्यो छुट्यो‘ (भिडियो) | Khabarhub Khabarhub

अञ्जलीसँग युवराजको ‘छुटेपछि त छुट्यो छुट्यो‘ (भिडियो)


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गायक युवराज चौलागाईं तथा गायिका अनुष्का पाठकको स्वरको युगल गीत ‘छुटेपछि छुट्यो छुट्यो‘’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक चौलागाईंद्वारा संगीतबद्ध आधुनिक शैलीको गीतमा शब्द दीपिका रिमाल थापाले रचना गरेकी हुन् । उदयराज पौडेलद्वारा संगीत संयोजन गरिएको उक्त गीतमा महाराज थापाको मिक्सिङ तथा माष्टरिङ छ ।

सार्वजनिक गीतको म्युजिक भिडियोलाई भूषण दाहालले निर्देशन गरेका हुन् । भिडियोमा गायक चौलागाईं आफैँले अभिनय गरेका छ्न् ।

अभिनयमा उनलाई अभिनेत्री अञ्जली अधिकारीले साथ दिएकी छिन् । साथै , दीपक विष्टले अतिथि कलाकारको भूमिका निर्वाह गरेका छन् । कुमार कटवालद्वारा छायांकन गरिएको भिडियोलाई पदम तिमिल्सिनाले सम्पादन गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ६ : ०१ बजे

अस्थायी रूपमा सेवा दिँदै नेपालगञ्जका क्षतिग्रस्त कार्यालय

नेपालगञ्ज– आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका यहाँका कार्यालयमध्ये केहीले अस्थायी

कार्कीलाई बधाई दिँदै उद्योग सङ्गठन मोरङले भन्यो – लुटपाट, आगजनी तथा विध्वंसमा सङ्लग्नलाई दण्डित गरियोस्‌

काठमाडौँ – पूर्वका उद्योगीहरूको छाता संस्था उद्योग सङ्गठन मोरङले नवनियुक्त

जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

चितवन– कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा

पाँच दिनपछि खुल्यो गड्डाचौकी नाका

दोधारा चाँदनी– नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच

चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

काठमाडौं– सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र