दाँत किन कुँडिन्छ ? « Khabarhub

दाँत किन कुँडिन्छ ?


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वस्थ दाँत धेरै बलियो हुन्छ । दाँत बलियो हुनुमा यसको बाहिरी भाग ढाक्ने सेता रंगको कडा वस्तु इनामेल हो । यो नै हाम्रो शरीरको सबैभन्दा कडा बस्तु हो ।

इनामेल हाम्रो शरीरकै सबैभन्दा कडा बस्तु हो । तर यस्तो कडा बस्तुलाई पनि अमिलो वा एसिडले खियाइदिने गर्छ । हामीले अमिलो खाँदा दाँत कुँडिनुको मुख्य कारण पनि अमिलोले इनामेललाई खियाइदिएकैले हो । दाँतमा इनामेल बन्ने काम निरन्तर चलिरहेको हुन्छ । त्यसैले अमिलोले खियाइदिएको इनामेलको ठाउँमा केही समयपछि नयाँ इनामेल आउँछ । अनि कुँडिएको दाँत ठिक भएर जान्छ ।

इनामेलले ढाकेको भन्दा भित्रपट्टिको दाँतको भागलाई डेन्टाइन भनिन्छ । यो भाग नरम हुने भएकोले मौका पाएमा कीटाणुहरू सजिलै यसमा पस्न सक्दछन् । दाँतको यस भागलाई इनामेलले छोपेर राख्ने हुनाले सजिलै यस भागमा कीटाणु पस्न सक्दैन । डेन्टाइन भन्दा तलको दाँतको भागलाई पप क्याभिटी भनिन्छ । गिजा भन्दा बाहिर निस्केको दाँतको भागलाई क्राउन भनिन्छ ।

हाम्रा मुख भित्र लाखौँ ब्याक्टेरिया हुन्छन् । यी ब्याक्टेरियाहरु मध्ये धेरैजसो फाइदाजनक हुन्छन् । यिनीहरूले खानेकुरालाई टुक्र्याएर, गलाएर सजिलै पचाउन सक्ने बनाइ दिन्छन् । तर कतिपय ब्याक्टेरिया भने हानिकारक हुन्छन् । मुखमा हुने ब्याक्टेरियाहरुमध्ये एसिड उत्पादन गर्ने ब्याक्टेरिया दाँतका लागि शत्रु नै हुन्छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ७ : ०४ बजे

लेबनानमा इजरायली आक्रमण, १३ जनाको मृत्यु

एजेन्सी– दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको

तीन दशकपछि पनि मौका परीक्षा दिन पाइने

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा

रोल्पा जीप दुर्घटना : २० जनाको मृत्युमा बोलेनन् बालेन-रवि, रास्वपाले तीन दिनपछि थाहा पायो 

काठमाडौं– रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा

युरोपमा अमेरिकी प्रभाव घट्ने संकेत, जर्मनीबाट सैनिक फिर्ता

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट करिब पाँच हजार अमेरिकी सैनिक

शंकर पोखरेलले प्रधानमन्त्रीलाई भने-‘ज्ञ’ क्रान्तिको खाका चाहियो 

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाहसँग ‘ज्ञ’ क्रान्तिको