नेकपा एकीकृत समाजवादी : माधव नेपालको राजनीतिक प्रतिवेदन पारित « Khabarhub

नेकपा एकीकृत समाजवादी : माधव नेपालको राजनीतिक प्रतिवेदन पारित


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठकले अध्यक्ष माधव कुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

सोमबार काठमाडौँमा बसेको बैठकले राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनासहितको अध्यक्षको प्रतिवेदन पारित गरेको हो ।

बैठकमा ३७ जना पोलिटब्यूरो सदस्यहरुले राखेका सुझावलाई समेत समेटेर परिमार्जन गर्ने निर्णय भएको नेकपा एसका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

उनले उक्त प्रतिवेदन आगामी फाल्गुन २५ गतेबाट सुरु हुने केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने बताए । उनले पार्टी अब आसन्न स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुने जानकारी दिए। राजनीतिक प्रतिबेदनमा एमसीसी मुलुकको हित अनुसार अघि बढाइएको, गठबन्धनको रक्षा लगाएतका विषय तथा निर्वाचन केन्द्रीय कार्ययोजना रहेको उनको भनाइ छ ।

एमसीसीलाई संसदबाट अनुमोदनपश्चात सम्मानित नेता झलनाथ खनालसहितका नेताको असन्तुष्टि समाधानका लागि नेपालको प्रतिवेदनमा समेटिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ७ : ५५ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र