पार्टीलाई एकजुट बनाएर अगाडि बढ्नुको विकल्प छैन- वरिष्ठ नेता पौडेल | Khabarhub Khabarhub

पार्टीलाई एकजुट बनाएर अगाडि बढ्नुको विकल्प छैन- वरिष्ठ नेता पौडेल


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाएर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

नेपाली काँग्रेस बन्दीपुर गाउँसमितिले आज डुम्रेमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले स्थानीय तह निर्वाचन नजिकिँदै गइरहेकाले पार्टीलाई सशक्त र एकजुट बनाउनुपर्नेमा जोड दिए ।

‘काँग्रेस एकजुट भए मात्रै विपक्षीसँग प्रतिस्पर्धा गर्न सक्छौँ, पार्टीभित्र भएका असमझदारीलाई हटाउँदै एकता कायम गर्नुपर्छ,’ उनले भने। एकता नै नभए विपक्षीसँग प्रतिस्पर्धा गर्न सक्दैनौँ । वरिष्ठ नेता पौडेलले जनताको सेवालाई मूल धर्म सम्झिएर कार्यकर्ता गाउँगाउँ पुगेर काँग्रेसको प्रचार गर्नुपर्ने जोड दिए । 

वरिष्ठ नेता पौडेलले अहिले रहेको चार दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने जोड दिएका छन् । समावेशी संविधानका लागि एउटै पार्टीको बहुमत नआउने भएकाले गठबन्धन गरेर जाँदा काँग्रेसलाई नै फाइदा पुग्ने धारणा व्यक्त गरे । ‘संविधान रक्षाका लागि पहिला गठबन्धन गरेका हौँ, अब पनि गठबन्धनलाई निरन्तरता दिनुपर्छु’, उनले भने । काँग्रेस जहाँ जहाँ कमजोर छ त्यहाँ गठबन्धन गर्दा नै फाइदा पुग्ने उनको भनाइ थियो ।

वरिष्ठ नेता पौडेलले एमसीसीका बारेमा जनतामा फैलाइएको भ्रम चिर्न आवश्यक रहेको बताए । एमसीसी नेपालको गरिबी निवारणका लागि उपयोगी हुने उनको भनाइ थियो ।

वरिष्ठ नेता पौडेल बन्दीपुरको झारगाउँमा आयोजित कार्यक्रममा पनि सहभागी भएका थिए । साथै उनले व्यास नगरपालिका–४ मा आइतबार आगलागीबाट क्षति भएको स्थलको निरीक्षण गर्दै पीडित परिवारलाई सान्त्वना दिएका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ९ : ४० बजे

वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङमा इङ्गल्यान्डविरुद्ध भारतको जित

काठमाडौं – वैभव सूर्यवंशीले शानदार ब्याटिङमा भारतको यु-१९ टोली विजयी

युद्धरत रुवान्डा र कङ्गोले अमेरिकामा गरे सहमति

वाशिङ्टन – दुई अफ्रिकी देश रुवान्डा र प्रजातान्त्रिक गणतन्त्र कङ्गोले

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १४ गते शनिबार। असार

आज २०८२ साल असार १४ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १४ गते शनिबार। असार