नागरिकताविहीनबाट धनुषाको ढल्केवरमा प्रदर्शन | Khabarhub Khabarhub

नागरिकताविहीनबाट धनुषाको ढल्केवरमा प्रदर्शन


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नागरिकताविहीन रहेकाहरूले सोमबार धनुषाको ढल्केवरमा प्रदर्शन गरेका छन् ।

जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनुपर्ने माग गर्दै प्रदर्शन भएको हो ।

लामो समयदेखि संसदमा रहेको नागरिकता विधेयक तत्काल पारित हुनुपर्ने माग गर्दै उनीहरूले सोमबार पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका छन् ।

‘संविधानको धारा लागू गर, नागरिकता विधेयक पारित गर, गैर नागरिक बनाउन पाइँदैन, पहिचान खोस्न पाइँदैन, जन्मसिद्ध नागरिकका सन्तालाई वंशजका आधारमा नागरिकता दे’ लगायतका नारा लेखिएको ब्यानर तथा प्लेकार्ड बोकेर प्रदर्शनकारीहरूले नाराबाजी गर्दै राजमार्ग अवरुद्ध गरेका थिए ।

प्रदर्शनका क्रममा इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरी टोलीले नागरिकताविहीन सङ्घर्ष समितिका केन्द्रीय संयोजक जित साफी, रविन्द्र कुशवाहा र अशोक साहलाई पक्राउ समेत गरेको थियो ।

 

प्रदर्शनको नाममा चक्काजाम गरेपछि उनीहरूलाई पक्राउ गरी दुई घण्टापछि रिहा गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले बताए ।
संघर्ष समितिले जन्मसिद्ध नागरिकका सन्तालाई वंशजको आधारमा नागरिकता दिनु पर्ने र आमाको नामबाट समेत नागरिकता दिनुपर्ने मागसहित दबाबमुलक सातदिने आन्दोलनको कार्यक्रम तय गरेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  १० : २७ बजे

प्रतिनिधिसभा बैठक बस्दै, नागरिकता विधेयक पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

प्रधानमन्त्री ओली आज साँझ स्पेन प्रस्थान गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेन भ्रमणमा जाँदै छन्

साताको कार्टुन : बजेट बाँड्दै ‘बा’हरू

काठमाडौँ – सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि

ट्रम्पलाई निर्बाध काम गर्न अमेरिकी सर्वोच्च अदालतको साथ

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सबै भन्दा महत्त्वपूर्ण

देशभर मनसुनी वायुको प्रभाव: चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। शनिबार