प्रितम र आयुष ‘सारेगामापा लिटिल च्याम्प्स’ को फाइनलमा « Khabarhub

प्रितम र आयुष ‘सारेगामापा लिटिल च्याम्प्स’ को फाइनलमा


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय टेलिभिजन जीटीभीबाट प्रसारण हुने ‘सारेगामापा लिटिल च्याप्स’ को २०१९ संस्करणमा आयुष केसी र प्रितम आचार्य फाइनलमा पुगेका छन् । यी दुवै नेपाली प्रतिभा हुन् ।

टेलिभिजनबाट आइतवार प्रसारण भएको शृङ्खलामा आयुषले दिएको प्रस्तुतिबाट उत्कृष्ट प्रतिक्रिया पाए । उनले गाएको तुम मिले बोलको गीतले निर्णायकको दिल जितेको थियो । त्यस्तै इटहरीका ११ वर्षीय बालगायक प्रितमलेलुट गए बोलको गीत गाएका थिए । उनको गीत सुन्दा पूरै माहोल स्तब्ध बनेको थियो ।

प्रितम र आयुष दुवै फाइनलमा पुगेपछि नेपाली फ्यान पनि खुशी भएका छन् । प्रितमलाई सानैदेखि संगीतमा रुचि थियो । उनी लामो समयदेखि संगीत सिकिरहेका थिए । आयुषको घर सिन्धुपाल्चोक भए पनि उनी भक्तपुरमा बसेर पढ्दै आएका थिए । आयुषको पनि सानोदेखि नै गीत संगीतमा रुचि थियो । परिवारका अनुसार आयुषले संगीत सिक्न छोडेको ५ वर्ष भयो ।

प्रितम र आयुषले भारतका २० हजार प्रतिस्पर्धीलाई पछि पार्दै यी दुई फाइनलमा पुगेका हुन् । नेपाली प्रतिस्पर्धी फाइनलमा पुगेपछि यो शो नेपालमा समेत चर्चामा छ । यसअघि एक डान्सिङ रियालिटी शो मा नेपाली चेली तेरिया मगरले उपाधी जितेकी थिइन् ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ४ : ०१ बजे

नेपाली भूमि छिमेकीविरुद्ध दुरुपयोग हुन दिँदैनौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णीम वाग्लेले कुनै पनि छिमेकीविरुद्ध नेपाली

अफगानिस्तानको बदख्सानमा हिमपहिरोमा फसेका चार जना मृत फेला

काबुल – अफगानिस्तानको उत्तरी भागमा पर्ने बदाख्सान प्रान्तमा हिमपहिरोमा परी

पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा

मोरङ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित

इलाम गोल्डकप : मछिन्द्र फाइनलमा

इलाम – मछिन्द्र फुटबल क्लब इलाममा जारी तेस्रो इलाम गोल्डकपको

भक्तपुर मालपोत कार्यालयबाट ११ जना विचौलिया पक्राउ

भक्तपुर – भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा विचौलिया प्रवेश