मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु | Khabarhub Khabarhub

मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा- नेपालगञ्जको राँझा चोकमा मोटरसाइकलले ठक्कर दिँदा ट्राफिक जाँचमा खटिएका प्रहरी हवल्दारको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे१०प ४७५७ नंको मोटरसाइकलले गए राति नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा चोकमा ‘ड्युटी’ मा खटिएका प्रहरी हवल्दार भूपेन्द्रबहादुर शाही र प्रहरी जवान नरेशकुमार चौधरीलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएका अस्थायी प्रहरी पोष्ट राँझा बिटमा कार्यरत शाहीको शिक्षण अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए।

उहाँका अनुसार, बाँसगढी नगरपालिका–६ बर्दिया निवासी शाहीको उपचारको क्रममा गए राति मृत्यु भएको थियो । प्रहरी जवान चौधरी र मोटरसाइकल चालकको अवस्था सामान्य रहेको छ । मोटरसाइकल चालक गेरुवा गाउँपालिका बर्दिया निवासी २४ वर्षीय सन्तोष बम ठकुरीलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक शाहले बताए।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ११ : ०१ बजे

दशैँमा नीतिलाई ‘ज्वाइँ साब’को चटारो

काठमाडौं– नीति शाहको अभिनय रहेको दोस्रो फिल्म ‘ज्वाइँ साब’ फूलपाती

भारतीय उद्योगपति रतन टाटाको निधन

काठमाडौं– भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको

दशैँमा खेल्न ६ करोडको तास भित्रियो

काठमाडौं – दशैँको छुट्टीमा रोजगारी र पठाइका लागि सहरी क्षेत्रमा

नेपाललाई भारतको सहयोग : पुलका स्टिल पार्टपुर्जा हस्तान्तरण

काठमाडौं– भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

सिरहा– रातको समय छ । बजार क्षेत्र भए पनि सडकमा