अमेरिका र बेलायतले रुससँग तेल नकिन्ने | Khabarhub Khabarhub

अमेरिका र बेलायतले रुससँग तेल नकिन्ने


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले युक्रेनमाथि आक्रमण गरिरहेको रुसबाट तेल आयात बन्द गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकाले रुसबाट तेल आयात नगर्ने घोषणा गरेका हुन् ।

‘हामी सबै रुसी ग्यास, तेल र उर्जाको आयात बन्द गर्दैछौँ ।’ बाइडनले भने । उनले पछिल्लो घोषणाले ‘रुसी अर्थतन्त्रको मुख्य रक्तनली’ लाई लक्षित गरेको जनाएका छन् । ‘यसको अर्थ रुसी तेल अमेरिकी बन्दरगाहमा स्वीकार्य हुनेछैनन्’ बाइडनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो कदमले घरेलु मामिलामा पनि असर पर्ने स्वीकार गर्दै बाइडनले साझेदारहरुसँगको सल्लाहमै निर्णय लिइएको बताए । अमेरिकी राजनीतिक वृत्तका दुबै रिपब्लिकन र डेमोक्र्याटिक पार्टीले युक्रेनमा आक्रमण गरेको दण्ड दिन रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउन बाइडनमाथि दबाब दिँदै आएका थिए ।

यता अमेरिकासँगै बेलायतले पनि रुसी उर्जाको आयात विस्तारै बन्द गर्ने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बेलायतले यही वर्ष सन् २०२२ को अन्त्यसम्म रुसी तेलको आयात पूर्ण रुपमा कटौती गर्ने घोषणा गरेको हो ।

उर्जा निर्यात रुसी अर्थतन्त्रको प्रमुख आयश्रोत हो । रुस साउदी अरब र अमेरिकापछि तेश्रो ठूलो तेल उत्पादनकर्ता मुलुक पनि हो । यसअघि रुसले पश्चिमा मुलुकहरूले आफ्नो तेलमाथि प्रतिबन्ध लगाएको खण्डमा ग्यासको निर्यात पनि ठप्प पारिदिने चेतावनी दिएको थियो ।

अमेरिकाले रुसबाट आफ्नो खपतको ८ प्रतिशत तेल आयात गर्दै आएको छ भने बेलायतले रुसबाट ६ प्रतिशत तेल आयात गर्छ । रुसी तेलको विकल्पमा अमेरिकाले दक्षिण अमेरिकी मुलुक भेनेजुएलासँग सहकार्य गर्न लागेको बीबीसीले जनाएको छ ।
 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ११ : १० बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता