अर्थतन्त्रको बिग्रिँदो अवस्थामा सुधार ल्याउनुपर्छ– मोरङ व्यापार संघ « Khabarhub

अर्थतन्त्रको बिग्रिँदो अवस्थामा सुधार ल्याउनुपर्छ– मोरङ व्यापार संघ


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- मोरङ व्यापार संघले अर्थतन्त्रको विद्यमान अवस्था, कारण र समाधानका विषयमा सरोकारवालाबीच छलफल गरेको छ ।

अर्थतन्त्रमा परिरहेको आर्थिक चाप, शोधनान्तर घाटा, तरलता अभावलगायतले मुलुकको आर्थिक अवस्था संकटग्रस्त भइरहेको उल्लेख गर्दै उद्योगी व्यवसायीहरूले अर्थतन्त्रको बिग्रिँदो अवस्थामा सुधार ल्याउनका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका छन्  ।

छलफलमा अर्थशास्त्री डा भेषप्रसाद धमलाले निरन्तर घटिरहेको विदेशी विनिमय सञ्चिति, बढ्दो शोधनान्तर घाटा, घट्दो रेमिट्यान्स, तरलता अभाव र व्यापार घाटा लगायत विषयमा तत्काल सुधार ल्याउँनुपर्नेमा जोड दिए ।

नेपालको आधाभन्दा बढी जनसङ्ख्या कृषिमा आधारित रहेकाले कृषिजन्य उत्पादन र उत्पादकत्वलाई पहिलो प्राथमिकतामा राख्न तथा मुलुकको अर्थतन्त्रलाई आयात मुखी भन्दा पनि निर्यातमुखी बनाउन सक्नुपर्छ धमलाले भने ।

दक्ष जनशक्ति अभावका कारण मुलुकको उत्पादनमा असर पुगेको उल्लेख गर्दै उनले बैंकको ब्याजदर अत्यधिक वृद्धि हुँदा उत्पादनमासमेत असर पुगेको हुँदा अर्थतन्त्रलाई चलायमान बनाउन करको दायरामा कटौती गर्नुपर्ने, नयाँ नयाँ शीर्षकमा कर सङ्कलन गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्नेमा उनले जोड दिए  ।

प्रा डा पिके झाले नेपालका आर्थिक नीति प्रभावकारी हुन नसकेको बताउँदै विनियोजित बजेटको अधिकांश हिस्सा अनुत्पादन क्षेत्रमा खर्च हुने गरेको  बताए ।

उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिदैँ उनले दिगो विकासको मेरुदण्डनै  उद्यमशीलता रहेकाले यसतर्फ राज्य गम्भीर हुनुपर्ने औँल्याएका थिए  ।

उनले स्वदेशी प्रविधिलाई प्राथमिकता दिएर कच्चापदार्थको नाममा विदेशिने पुँजीलाई मुलुकमा नै चलायमान बनाउनुपर्ने बताउँदै नेपाल स्रोतसाधन सम्पन्न मुलुक हुँदाहुँदै नेपालको अर्थतन्त्र दुरावस्थामा पुग्नु खेदको विषय रहेको बताए । 

डा सन्देशदास श्रेष्ठले यस्ता छलफलले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारलाई पथप्रदर्शक हुने विश्वास व्यक्त गरे । सङ्घका उपाध्यक्ष विकास वेगवानी, महासचिव अनिल सारडा, अमित सारडा लगायतले अर्थतन्त्रको विद्यमान समस्याका विविध पक्षमाथि प्रकाश पारेका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  २ : १२ बजे

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको

महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक