राप्रपा नेपालका १० विभाग गठन, पदाधिकारी तथा केन्द्रीय सदस्यलाई जिम्मेवारी « Khabarhub

राप्रपा नेपालका १० विभाग गठन, पदाधिकारी तथा केन्द्रीय सदस्यलाई जिम्मेवारी


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपा नेपालले १० वटा विभाग गठन गरेको छ । बुधबार राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी तथा सदस्यहरूलाई विभाग प्रमुख बनाएर १० वटा विभाग गठन गरेको हो ।

अध्यक्ष थापालाई अन्तर्राष्ट्रिय सम्बन्ध विभागको जिम्मेवारी दिएको छ । त्यस्तै आर्थिक विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष उद्धव पौडेललाई, नीति तथा अनुसन्धान विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष विष्णु भण्डारीलाई, सचिवालय प्रमुखको जिम्मेवारी महामन्त्री भास्कर भद्रालाई दिइएको छ ।

प्रशिक्षण तथा स्थानीय निकाय विभाग प्रमुखको जिम्मेवारी महामन्त्री सुशीलकुमार श्रेष्ठ र कार्यक्रम तथा व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी महामन्त्री ईन्द्र चित्रकारलाई दिइएको छ ।

यसैगरी, संगठन विभाग प्रमुखको जिम्मेवारी महामन्त्री राजाराम बर्तौला, प्रचार विभाग प्रमुखको प्रवक्ता सुरेश आचार्य, महिला विभाग प्रमुखमा सहायक महामन्त्री ममता राई र सहकारी संस्था समन्वय विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य राजकुमार खड्कालाई दिइएको छ ।

यससँगै राप्रपा नेपालको बैठकले तीन महिनाभित्र देशैभर संगठन विस्तार गर्ने निर्णय गरेको छ । जिल्ला समिति गठन गर्न बाँकी रहेका जिल्लामा २१ दिनभित्र गठन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ८ : १५ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको