कालापहाडबाट जुम्ला फर्केनेको लर्को | Khabarhub Khabarhub

कालापहाडबाट जुम्ला फर्केनेको लर्को


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- रोजगारीका लागि भारत गएका जुम्लावासी फर्कने क्रम सुरु भएको छ । दैनिक नेपालगन्जको रुपैडिया नाका हुँदै नेपाल फर्कने जुम्लावासीको घुँइचो लाग्न थालेको हो ।

गाउँमा रोजगारी अभावको कारण उनीहरू कामका लागि कालापहाड जाने गर्छन् ।

दसैँलगतै कालापहाड पसेका जुम्लावासी फागुन महिना लागेपछि घर फर्कन थालेका हुन् । ‘घरमै बसौँ रोजगारीका अवसर छैनन् । बेरोजगार भएर नाङ्गो परिवार टुलुटुलु हेरेर बस्न सकिँदैन,’ स्थानीय बिर्षबहादुर बुढाले भने, ‘कालापहाड रहर होइन, बाध्यता हो ।’

हिउँदको सुख्खा सिजनमा खेतीपातीका लागि कुनै काम नहुँदा आफूहरू कालापहाड जाने गरेको उनले बताए । घर फकिँदा सीमा नाकामा निकै सास्ती खेप्नु परेको गुनासो  उनीहरूले गरेका छन् ।  जुम्लाका एक नगरपालिका र सात वटै गाउँपालिकाबाट युवा कालापहाड जाने गरेका छन् ।

गाउँमा रोजगारीको कुनै अवसर छैन । कालापहाड जानुको विकल्प पनि हुँदैन,’ बिर्खबहादुरले भने, ‘कर्णालीका सबै जसो जिल्लाबाट मजदुरीको लागि कालापहाड जाने गरेका छौ । भारतका अधिकांश सहरमा कर्णालीवासी भेटिन्छन् । जुम्लामात्रै होइन कर्णालीबाट हजारौँ युवा कालापहाड जाने गर्छन् । गाउँमा आउने विकास निर्माणका काम पहुँचवालाको हातमा जान थालेपछि सर्वसाधारण कालापहाड रोज्न विवश हुने गरेको उनले बताए ।

युवा जति भारतमा जान थालेपछि गाउँमा बालबालिका, महिला र बूढाबूढी मात्र रहेको उनले बताए । काला पहाडबाट अटोरिक्सावालाले पनि दोब्बर रुपैयाँ लिने गरेको उनी बताउँछन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  १० : २० बजे

‘वैदेशिक रोजगारबाट फर्केकाको सीपलाई राष्ट्रको हितमा प्रयोग गर्नुपर्छ’

मोरङ– सरकारले वैदेशिक रोजगारबाट फर्केकाहरूको सीप, पुँजी र प्रविधिलाई राष्ट्रहितमा

दुम्लिङ–छाङ्गरु जोड्ने घोरेटो बाटो निर्माण सुरु

दार्चुला– गत जेठ २५ गतेदेखि सङ्घीय सरकारको सर्शत बजेटमार्फत व्यास

मनाइयो ङातापोल मन्दिरको ३२३औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– भक्तपुरस्थित त:मारी (तौमधि:) मा ङातापोल मन्दिरको (पाँच तल्ले मन्दिर)

म्याग्दीमा व्यावसायिक अरिङ्गालपालन

म्याग्दी– पाखो बारीको भित्तामा सासाना प्वाल छन् । नजिकनजिक रहेका

इरानबाट उद्धार गरिएका तीन नेपाली नयाँ दिल्ली पुगे

काठमाडौं– इरानबाट तीन जना नेपाली भारतको नयाँ दिल्ली पुगेका छन्