अध्यक्षकै निर्देशनमा गाउँ पालिका कार्यालयमा तालाबन्दी | Khabarhub Khabarhub

अध्यक्षकै निर्देशनमा गाउँ पालिका कार्यालयमा तालाबन्दी


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डलको निर्देशनमा बुधबार पालिकाको कार्यालयमा तालाबन्दी भएको छ।

नागरिक आवास कार्यक्रमअन्तर्गत गाउँपालिकामा आएको रकम भुक्तानी नदिएको भन्दै महिलाहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुणकुमार यादवसहितका कर्मचारीलाई कार्यालय बाहिर निकालेर अध्यक्ष मण्डलको निर्देशनमा ताला लगाएको स्थानीय श्याम मण्डलले बताए।

निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले निमित्त भएको दुई महिना बितिसक्दा पनि पालिका अध्यक्ष मण्डलले अख्तियारी नदिएपछि आर्थिक कारोबार ठप्प भएको बताए । उनले भने, ‘अख्तियारी नदिएकैले आर्थिक कारोबार गर्न सकेको छैन। महिलाहरु ताला लगाउन आएपछि हामी बाहिर निस्क्यौँ ।’

पालिकाका एक कर्मचारीका अनुसार अध्यक्ष मण्डलले मनोमानी तरिकाले गरेको ४ करोड रुपैयाँको भुक्तानीको चेक पहिला दिएमात्र अख्तियारी दिने भनेपछि विवाद बढेको हो ।

‘अध्यक्षजी आफ्नो एकल निर्णयमा आफूखुसी खरिद गरेका सरसामानको ४ करोड भुक्तानी दिए मात्रै अख्तियारी दिने भन्नुहुन्छ।’ उनले भने।

कानुनअनुसार ४ करोड रुपैयाँ भुक्तानी दिन नमिल्ने कर्मचारीले बताएपछि अध्यक्षकै निर्देशनमा ताला लगाइएको बताइएको छ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ६ : ४५ बजे

विवाहभन्दा पहिला पार्टनरसँग सोध्नुस् यी प्रश्न

काठमाडौं– तपाईँ विवाह गर्नेबारे सोचिरहनु भएको छ ? यदि तपाईँले तत्काल

एसवाई प्यानल नेपालले आईपीओ ल्याउने

काठमाडौं– दक्षिण कोरियामा आधारित मल्टिनेसनल कम्पनी एसवाई ग्रुप अफ कम्पनी

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान

पर्वत– पर्वतको जलजला गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरू पाल्ने

३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एजेन्सी – एक स्थानीय अधिकारीका अनुसार बुधबार पश्चिमी हेरातको इस्लाम

सर्वोच्चका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच उजुरी, आइतबार सुनुवाइ हुने

काठमाडौं– संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच