पीडित पक्षधारसँगको सहमतिसँगै हट्यो सुन्दरबजारको निषेधाज्ञा « Khabarhub

पीडित पक्षधारसँगको सहमतिसँगै हट्यो सुन्दरबजारको निषेधाज्ञा


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – गण्डकी प्रदेशअन्तर्गत लमजुङ सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा बुधबार बिहान ६ बजेदेखि जारी अनिश्चितकालनीन निषेधाज्ञा हटेको छ । विद्यार्थीको मृत्युको विषयलाई लिएर पीडित पक्षधरले आन्दोलन चर्काएपछि जारी निषेधाज्ञा जारी गरिएको थियो ।

पीडित पक्षले कानुनविपरीत कुनै क्रियाकलाप नगर्ने र कानुनबमोजिम अघि बढ्ने सहमति गरेपछि बुधबार राति ९ बजेदेखि निषेधाज्ञा हटाइएको हो । सुन्दरबजार–९ स्थित मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा फ्यूचर स्टार आवासीय माध्यमिक विद्यालय कक्षा १० मा अध्यनरत तनहुँ भानु नगरपालिका वडा नं ९ घर भएका १७ वर्षीय सनिज श्रेष्ठको मङ्गलबार मृत्यु भएपश्चात् उत्पन्न विषम परिस्थितिलाई मध्यनजगर गर्दै निषेधाज्ञा गरिएको थियो ।

परिस्थितिलाई सामान्य बनाएर कानुनअनुसार अघि बढ्ने सहमति पीडित पक्षधारसँग भएसँगै निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए‍ ।

उनले भने, ‘सो क्षेत्रमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफाबमोजिम सुन्दरबजार–७ को पूर्व–दक्षिणस्थित पाउँदी पुल, पूर्वतर्फ राइनासतर्फको मस्र्याङ्दी नदीको पुल, पश्चिमतर्फ सोही नगरपालिका–९ को मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रको विद्युत् केन्द्रको आवास क्षेत्रको गेट अगाडिको पुल र उत्तरतर्फ सोही वडाको सिउँडीबार चोकसमेत चारकिल्ला क्षेत्रमा जारी निषेधाज्ञा हटेको छ ।’

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ८ : ०० बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी