पञ्जाबको विधानसभामा आम आदमी पार्टीको जीत  | Khabarhub Khabarhub

पञ्जाबको विधानसभामा आम आदमी पार्टीको जीत 


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालको नेतृत्वमा रहेको आम आदमी पार्टी (आप)ले भारतको पन्जाब राज्यमा नयाँ सरकार गठन गर्ने भएको छ ।

२० फेब्रुअरीमा भएको मतदानको मत परिणाम सार्वजनिक भएसँगै पन्जाबमा आम आदमी पार्टीको सरकार बन्ने पक्का भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

टाइम्स अफ इण्डियाका अनुसार आपले पन्जाब विधानसभामा रहेको ११७ मध्ये ९१ सिटमा जित हासिल गरेको छ । त्यहाँ सरकार बनाउन केवल ५९ सिट भए पुग्छ ।

दोस्रो स्थानको कंग्रेस पार्टीले १३ सिट मात्रै जितेको छ । तेश्रो स्थानको शिरोमणी अकाली दलले ८ सिटमा चित्त बुझाएको छ । केन्द्र सरकार चलाइरहेको बीजेपी भने केबल ४ सिटमा सीमित भएको छ ।

आपको जितसँगै पन्जाबमा भगवन्त मनको नेतृत्वमा आपले नयाँ सरकार बनाउने जनाइएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  १२ : ०३ बजे

जनकपुरमा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता

धनुषा– जनकपुरधाममा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु हुँदै छ

बाढीले बगाएर सवइञ्जिनियर रविन दाहालको मृत्यु

ललितपुर– ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको

भोक मार्ने ओखती उमार्ने असार

झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई सम्झिरहेको छु ।

संसदीय सुनुवाइसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज (बिहीबार) बस्दैछ ।