युक्रेन युद्धमा ६ हजार रुसी सैनिक मारिएको अमेरिकी अनुमान « Khabarhub

युक्रेन युद्धमा ६ हजार रुसी सैनिक मारिएको अमेरिकी अनुमान


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमाथि रुसले आक्रमण गरेयता दुई साताको अवधिमा झण्डै ६ हजार रुसी सैनिक मारिएको अमेरिकाले अनुमान गरेको छ । नाम नबताउने शर्तमा एक वरिष्ठ अमेरिकी सुरक्षा अधिकारीले सीबीएसलाई बताएअनुसार युक्रेनमा दुई साताको अवधिमा झण्डै ५ हजार देखि ६ हजार रुसी सैनिकको मृत्यु भइसकेको छ ।

त्यस्तै, आक्रमणका क्रममा अरु १५ देखि १८ हजारसम्म रुसी सैनिक घाइते भएको हुनसक्ने जनाइएको छ ।

प्रायः युद्धका क्रममा मृतकभन्दा घाइते हुनेको सङ्ख्या तीन गुणा हुने गर्छ ।

मृतक र घाइते हुनेहरुको अनुमानित सङ्ख्याले रुसले त्यहाँ ठूलो क्षति ब्यहोरिरहेको देखिएको बीबीसीले जनाएको छ ।

युक्रेनले आक्रमणका क्रममा १२ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । अघिल्लो सातामात्रै रुसले युक्रेनमा ५ सय भन्दा कम सैनिक मारिएको जनाएको थियो ।
यद्यपि दुबै पक्षको दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  १ : १३ बजे

दुग्ध किसानलाई समयमा भुक्तानी दिन माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले दुग्ध किसानले समयमा भुक्तानी नपाएकोदेखि

प्रधानमन्त्रीको सुन आर्जनको स्रोत के हो ? : आङ्देम्बे

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता

संविधानका आधारभूत संरचना यथावत राखेर संशोधन गर्नुपर्छ : हर्कराज राई

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संविधानका आधारभूत संरचनालाई यथावत

नेपालमा हान्टाभाइरसको स्वास्थ्य जोखिम छैन : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा हान्टाभाइरस सम्बन्धी

हमासद्वारा गाजाको प्रशासनिक निकाय विघटन गर्ने निर्णय

गाजा – करिब दुई दशकदेखि गाजा पट्टीको प्रशासन सञ्चालन गर्दै आएको