युक्रेन युद्धमा ६ हजार रुसी सैनिक मारिएको अमेरिकी अनुमान | Khabarhub Khabarhub

युक्रेन युद्धमा ६ हजार रुसी सैनिक मारिएको अमेरिकी अनुमान


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमाथि रुसले आक्रमण गरेयता दुई साताको अवधिमा झण्डै ६ हजार रुसी सैनिक मारिएको अमेरिकाले अनुमान गरेको छ । नाम नबताउने शर्तमा एक वरिष्ठ अमेरिकी सुरक्षा अधिकारीले सीबीएसलाई बताएअनुसार युक्रेनमा दुई साताको अवधिमा झण्डै ५ हजार देखि ६ हजार रुसी सैनिकको मृत्यु भइसकेको छ ।

त्यस्तै, आक्रमणका क्रममा अरु १५ देखि १८ हजारसम्म रुसी सैनिक घाइते भएको हुनसक्ने जनाइएको छ ।

प्रायः युद्धका क्रममा मृतकभन्दा घाइते हुनेको सङ्ख्या तीन गुणा हुने गर्छ ।

मृतक र घाइते हुनेहरुको अनुमानित सङ्ख्याले रुसले त्यहाँ ठूलो क्षति ब्यहोरिरहेको देखिएको बीबीसीले जनाएको छ ।

युक्रेनले आक्रमणका क्रममा १२ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । अघिल्लो सातामात्रै रुसले युक्रेनमा ५ सय भन्दा कम सैनिक मारिएको जनाएको थियो ।
यद्यपि दुबै पक्षको दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  १ : १३ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको