नेकपा एसको बैठक : ​सरकारमा सहभागी मन्त्रीहरूको कार्यशैली र आचरणमाथि प्रश्न « Khabarhub

नेकपा एसको बैठक : ​सरकारमा सहभागी मन्त्रीहरूको कार्यशैली र आचरणमाथि प्रश्न

पार्टीभित्र एमसीसीको विवाद सकियो : नेता तुलाधर


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको कार्यशैलिमाथि प्रश्न उठेको छ ।

बिहीबार काठमाडौँमा जारी समाजवादीको बैठकमा समूहगत छलफलको निष्कर्ष राख्ने क्रममा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको कार्यशैलि र आचरणमा प्रश्न उठेको हो ।

पार्टीको निर्देशन र आचारसंहिता बिपरित मन्त्रीहरुले काम गर्ने गरेको र पार्टीसंगको तालमेल मिल्न नसकेको लगाएतका प्रश्न उठेको समाजवादीका नेता गंगालाल तुलाधरले जानकारी दिए ।

उनले अब पार्टीभित्र एमसीसीको विवाद सकिएको र सम्मानीत नेता झलनाथ खनालले पनि अन्य सन्दर्भमा छलफल गर्न उपयुक्त हुने बताएका जानकारी दिए । त्यस्तै स्थानीय निर्वाचनका लागि र प्रतिगामी तत्वहरुलाई प्ररास्त गर्नका लागि पनि गठबन्धनलाई कायमै राखनुपर्ने सुझाव आएको तुलाधरले बताए।

यसअघि पार्टी अध्यक्ष माधवकुमार नेपालले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि नौ वटा समूह बनाएर केन्द्रीय सदस्यहरुले छलफल गरेका थिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  २ : ०९ बजे

सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनधि सभाको आजको दोस्रो बैठकमा सार्वजनिक खरिद प्रणालीलाई अझ

इरानी विदेशमन्त्रीको चेतावनी : हर्मुज जलमार्गमा हुने कुनै पनि चुनौतीले ‘तनाव बढाउनेछ’

बग्दाद– मध्यपूर्व युद्ध समाप्त गर्न शान्ति वार्ता चलिरहेको अवस्थामा पनि

गृह मन्त्रालयको कर्मचारी भन्दै प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ

काठमाडौं- आफूलाई गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको परिचय दिँदै प्रहरी कार्यालयमा

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्ष

वामपन्थी सहकार्यमा ढिलाइ नगरौँ : संयोजक प्रचण्ड

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’