संस्कृत विश्वविद्यालय नवीन शैली र सोचका साथ अघि बढ्नुपर्छः शिक्षामन्त्री « Khabarhub

संस्कृत विश्वविद्यालय नवीन शैली र सोचका साथ अघि बढ्नुपर्छः शिक्षामन्त्री


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संस्कृत विश्वविद्यालयले नवीन शैली र सोचका कार्यक्रम अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाल संस्कृत विश्वविद्यालयको ७४ औँ सभालाई सम्बोधन गर्दै उनले विकसित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धिलाई आत्मसात गर्दै र सार्थक उपयोग गर्दै अगाडि बढ्नुपर्ने बताएका हुन् ।

‘शिक्षा क्षेत्रलाई कोरोनाले महत्वपूर्ण पाठ सिकाएको छ’ मन्त्री पौडेलले भने, ‘यो महाव्याधिबाट हामीलाई शिक्षाको परम्परागत शैली र संरचनालाई पुनसंरचित गर्नुपर्ने साथै अध्ययन अध्यापनका नवीन विकल्पहरू खोज्दै जानुपर्ने आवश्यकता बोध भएको छ ।’

मन्त्री पौडेलले मौलिक स्वास्थ्य पद्धतिका रूपमा रहेका आयुर्वेद, योगविज्ञान र प्राकृतिक चिकित्साका साथै जनजातीय समुदायमा पाइने शारीरिक एवम् मानसिक स्वास्थ्यसँग सम्बन्धित तर लुप्त हुन लागेका अनेकौं अन्तज्र्ञानहरूको खोज, अनुसन्धान र संरक्षणका लागि विश्वविद्यालय क्रियाशील रहनुपर्ने पनि बताए ।

२०२४ मा अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन आयोजन गर्ने संस्कृत विश्वविद्यालयको प्रयास सराहनीय रहेको भन्दै मन्त्रालय सकारात्मक रहेकोसमेत उनले बताए ।

‘शिक्षा जति गुणस्तरीय, प्रयोगमुखी, वैज्ञानिक र उन्नत हुन्छ, देशको स्तर र समाजको चिन्तन पनि त्यत्तिकै उच्च हुन्छ,’ मन्त्री पौडेलले भने, ‘शिक्षाले व्यक्तिको विकास गरी क्षमतायुक्त, प्रतिस्पर्धी, स्वावलम्बी र उत्पादनमुलक जनशक्ति तयार गर्दछ ।’

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ५ : ४२ बजे

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

घोडाघोडी– कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको हरिहाँसको

पार्टीमा युवा सहभागिता बढाउन ७७ वटै जिल्लामा खटिए कांग्रेसका केन्द्रीय प्रतिनिधि 

काठमाडौं– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणार्थ कांग्रेसले ७७ वटै

भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा बेपत्ता

भेनेजुएला– शक्तिशाली भूकम्प गएको तीन दिनभन्दा बढी समय बितिसक्दा पनि

कर्णाली नदीमा झोलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

भजनी– कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका जोड्ने दौलतपुरस्थित कर्णाली

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको अन्नपूर्ण हिमालको आधार