भेरी नदीमा पुल निर्माण हुँदै « Khabarhub

भेरी नदीमा पुल निर्माण हुँदै


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – डोल्पा सडक खण्डको बीचमा रहेका भेरी नदीमा बेलिब्रिज पुल निर्माण कार्य जारी छ ।

निर्माण व्यवसायीले अस्थायी रूपमा तल्लु बगरमा बेलिब्रिज निर्माण गर्ने कार्यलाई तीव्रता दिएको हो । जाजरकोटको नलगाड नगरपालिकाका १२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४ जोड्ने गरी ठूलीभेरी नदीमा अस्थायी बेलिब्रिज बनाएर डोल्पा खण्डमा बेलिब्रिज पुल निर्माणको कामलाई तीव्रता दिएको सडक डिभिजन चौरजहारीका इञ्जिनीयर सुरेश बस्यालले जानकारी दिए ।

बेलिब्रिज बनेपछि पहिलोपटक सवारीसाधनले ठूलीभेरी नदी तरेर सिधैँ डोल्पाको खदाङसम्म जान पाएका छन् । यहाँ पुल नहुँदा भेरी नदीको किनारमा वारिपारि रोकिएको अवस्था थियो । बेलिब्रिज नहुँदा यसअघि सवारीसाधन वारिपारी गराउनका लागि (तल्लुबगरबाट गोतामकोटसम्म) तुइनमार्फत तारेर रु एक लाख ५० हजार प्रति पटक रकम खर्च गर्नुपर्ने बाध्यता रहेको थियो ।

अहिले जाजरकोट डोल्पा सडकअन्तर्गत ठूलीभेरी नदी र अन्य दुई खोलाका चार ठाउँमा बेलिब्रिज निर्माणको काम भइरहेको छ । इकोइन्फ्रा विल्डर्सले यहाँ बेलिब्रिज निर्माण गरिरहेको छ । विल्डर्सका प्रतिनिधि मनोज लेखकले सामग्री ढुवानी गर्दासम्म सञ्चालन गर्ने गरी पुल तयार भएको बताए ।

उनका अनुसार अस्थायी बेलिब्रिज भएर अरु चार ठाउँका पुल सोझै खदाङ पुर्‍याइनेछ । अरू पुलको सामान ढुवानीकै लागि अस्थायी बेलिब्रिज तयार गरिएको हो । विल्डर्सले जाजरकोट–डोल्पा सडकको रुपगाडखोला, त्रिपुराकोट, खदाङकरबगार खोलामा बेलिब्रिज निर्माणको काम गरिरहेको छ ।

ती पुल निर्माणस्थलमा अन्य आधारभूत निर्माणको काम सकिएको छ, भने सामान जडान गर्न मात्र बाँकी छ । अहिले त्रिपुराकोट र खदाङमा ठूलीभेरी नदीमाथि बेलिब्रिज बन्दै छ भने रुपगाडखोलाकरबगारखोलामा पनि पुल बनाइनेछ । सडक डिभिजन कार्यालय चौरजहारीका इञ्जिनीयर सुरेश बस्यालले ४ वटा बेलिब्रिज निर्माणको कार्य ६० प्रतिशतसम्म सकिएको बताए  ।

तल्लुबगरमा पुल नहुँदा नेपालगञ्ज, सुर्खेतलगायतका ठाउँबाट आएका सवारीसाधन तल्लुबगरमा रोकिने गरेका थिए  ।अहिले तल्लुबगरबाट झोलुङ्गे पुलमार्फत यात्रुले पिठ्यूँमै बोकेर सामग्री वारपार गराउने गरेका थिए । अस्थायी बेलिब्रिज निर्माणसँगै यात्रा सहज बनेको नलगाड नगरपालिका तल्लुका हरिबहादुर बस्नेतले बताए।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ६ : १० बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी