उत्तर कोरियाले अन्तरिक्षमा थप जासुसी उपग्रह प्रक्षेपण गर्ने « Khabarhub

उत्तर कोरियाले अन्तरिक्षमा थप जासुसी उपग्रह प्रक्षेपण गर्ने


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ- प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियका शीर्ष नेता किम जोङ उनले आफ्नो देशले अन्तरिक्षमा धेरै सैन्य जासूसी उपग्रह प्रक्षेपण गर्ने बताएका आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले बिहीबार उल्लेख गरेको छ ।

नेसनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेशन (नाडा) को हालैको निरीक्षणको क्रममा किमले उक्त टिप्पणी गरेका हुन्। फेब्रुअरी २७ र मार्च ५ गते दुईवटा भूउपग्रह परीक्षण गर्ने नाडाले सार्वजनिक गरेको प्रमुख परीक्षणको नतिजाप्रति शीर्ष नेताले सन्तुष्टि व्यक्त गरेका छन्।

भूउपग्रहको विकासलाई सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षाका लागि महत्त्वपूर्ण काम भएको उनले बताएका छन् । किमका अनुसार सैन्य उपग्रहहरू विकास र सञ्चालन गर्नुको उद्देश्य देशको सशस्त्र बलहरूलाई यसको विरुद्ध सैन्य कारबाहीहरूको वास्तविक-समय जानकारी प्रदान गर्नु हो।

पार्टी केन्द्रीय समितिले पञ्चवर्षीय योजना (२०२१-२०२५) को अवधिमा धेरै सैन्य उपग्रहहरूलाई सूर्य-सिंक्रोनस ध्रुवीय कक्षमा विविध रूपमा राख्ने राष्ट्रिय एयरोस्पेस विकास प्रशासनको निर्णय समावेश छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ५ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै