मोटरसाइकल चोरीमा संलग्न ६ जना पक्राउ « Khabarhub

मोटरसाइकल चोरीमा संलग्न ६ जना पक्राउ


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाका विभिन्न स्थानहरुबाट ७ वटा मोटरसाइकल चोरीको घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका–७ बस्ने २१ वर्षीय प्रकाश सहनी, २४ वर्षीय प्रकाश दर्जी, २१ वर्षीय दिपक उराउ, २२ वर्षीय दिपेश राजबंशी, सोही नगरपालिका–१ बस्ने ३० वर्षीय बिर्ख लिम्बु र सोही नगरपालिका–६ समिम ग्यारेजका संचालक भारत किसनगंज बिरखोर घर भएका १९ वर्षीय मोहम्मद समिम रहेका छन् ।

बिर्तामोडस्थित एभरेष्ट बैंकको शाखा कार्यालयको कम्पाउण्डमा पार्किङ गरी राखेको लु.८३ प ३५५४ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा प्रकाश सहनीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।

थप अनुसन्धानको क्रममा अन्य पाँच जनाको सहयोगमा उनले बिभिन्न मिति र स्थानबाट ७ वटा मोटरसाइकल चोरी गरेको खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूमध्ये प्रकाश सहनी, प्रकाश दर्जी, दिपक उराउ र दिपेश राजवंशीले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बेचबिखन गर्ने ठाउँसम्म पु-याउने गरेको प्रहरीले जनाएको छ ।

बिर्ख लिम्बुले चोरी गरी ल्याएको मोटरसाइकल अन्य व्यक्तिलाई बिक्री गर्ने र मोहम्मद समिम चोरी गरी ल्याएको मोटरसाइकलको पार्ट पुर्जा, नम्बरप्लेट परिवर्तन गरी बिक्री गर्ने गरेको प्रहरीले बताएको छ ।

उनीहरूको साथबाट प्रहरीले चोरी भएको ७ वटा मोटरसाइकल समेत बरामद गरेको छ । उनीहरू माथि जिल्ला अदालत झापाबाट चोरी कसूरमा ७ दिन म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ६ : २५ बजे

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन चिसो

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको