एनसेलद्वारा लैनचौर खेल मैदान हस्तान्तरण  | Khabarhub Khabarhub

एनसेलद्वारा लैनचौर खेल मैदान हस्तान्तरण 


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एनसेलले लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न गरेको छ ।

एनसेलले खेल मैदानमा विभिन्न सुविधाहरू सहित पुनर्निर्माण तथा स्तरोन्नत्तिपश्चात् काठमाडौं महानगरपालिका वडा नं. २६ लाई हस्तान्तरण गरेको जनाएको छ ।

खेल मैदान पूर्ण रूपमा वडा नं. २६ र स्थानीय समुदायको सहकार्यमा डिजाइन गरी पुनर्निमाण तथा स्तरोन्नति गरिएको हो । नवनिर्मित  बहुद्देश्यीय लैनचौर मैदान खुला  गरेसंगै  पहिलो खेलको रुपमा  स्थानीय क्लब र एनसेल कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेलको  आयोजना भएको थियो ।  

खेल मैदान  ५४ हजार ९२१ वर्गफिट क्षेत्रमा फैलिएको छ । साथै खेल मैदानमा   ७ ‘ए’ साइजको मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, बालबालिकाको खेल्ने क्षेत्र, ५० रूख, हरियाली क्षेत्र, परम्परागत सत्तल, तीन ढुंगेधारा, सार्वजनिक शौचालय, सोलार बत्तीजस्ता सुविधा छन् ।

स्थानीय समुदाय र वडा नं. २६ को अनुरोध अनुसार एनसेलले यसको निर्माण र मर्मतसम्भारको जिम्मेवारी लिएको थियो । कम्पनीले आगामी २ वर्षसम्मका लागि मर्मतसम्भार गर्नेछ ।

एक जिम्मेवार कर्पोरेट कम्पनीका रूपमा एनसेलले दिगो विकास र वातावरण संरक्षणलाई प्राथमिकतामा राखी सामाजिक काम गर्दै आएको छ । हाम्रो यही प्रतिबद्धता अनुरूप स्वच्छ, स्वस्थ र सफा सहर निर्माणमा योगदान गर्दै यस बहुद्देश्यीय लैनचौर मैदानको पुनर्निर्माण गरेका हौं, एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने ।

काठमाडौं महानगरपालिका वडा नं. २६ का अध्यक्ष ख्याम तिवारीले मैदान पुनर्निर्माणले आफूहरू उत्साहित भएको प्रतिक्रिया दिए ।

एनसेलको सहयोगमा हामीले यस किसिमको पहिलो बहुपयोगी खेल मैदान बनाएका छौं । एस्ट्रोटर्फ बिच्छ्याई बनाइएको आधुनिक मिनी फुटबल मैदानमा जुनसुकै मौसममा खेल खेल्न सकिन्छ र यसको मर्मत पनि निकै सजिलो छ, उनी भन्छन्, “यो मैदान हाम्रो समुदाय र वडाका लागि ठूलो सम्पत्ति बनेको छ । यो पहलले सहरमा खुला ठाउँको संरक्षणमा ठूलो योगदान पुर्‍याएको छ ।

जिम्मेवार कर्पोरेट नागरिकका रूपमा एनसेलले दिगो विकासका लक्ष्य (एसडीजी) अन्तर्गत शिक्षा र स्वास्थ्यका साथै वातावरण संरक्षण तथा जलवायुलाई प्राथमिकतामा राखेर सामाजिक कार्य गर्दै आएको छ । औद्योगिक व्यवसाय नियमावली, २०७६ ले पनि व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत वातावरण संरक्षणलाई प्रमुख क्षेत्रको रूपमा राखेको छ ।

एनसेलले आफ्नो सामाजिक पहल अन्तर्गत स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जीविकोपार्जनमा सहयो गलगायत क्षेत्रमा १.४२ अर्ब रुपैयाँभन्दा बढीको योगदान गर्दै सामाजिक तथा आर्थिक विकासमा सहयोग पुर्‍याएको छ । एनसेलका सधै  स्वास्थ्य, शिक्षा र वातावरण क्षेत्र  प्राथमिकतामा  प्राथमिकतामा राखेको बताएको छ । 

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ९ : ५३ बजे

नोबेल अस्पताल विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु 

काठमाडौं– नोबेल शिक्षण अस्पताल विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु

रक्तदान महोत्सवले धान्यो गर्मी मौसमको रगत अभाव

चितवन– गत वर्ष यो समयमा रगतको चरम अभाव भएपछि पोखराबाट

दुई बुँदे सहमतिअनुसार समिति गठन गरेको भन्दै माओवादीले दियो सरकारलाई धन्यवाद

काठमाडौं– नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति

श्रमिक र उत्पीडित वर्गको जीवनमा परिवर्तन नआएसम्म हाम्रो अभियान रोकिँदैन : अध्यक्ष प्रचण्ड

ललितपुर– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

युद्धविराम गर्न तयार भयो इजरायल, नेतन्याहूले भने- इरानमा सबै उपलब्धि प्राप्त गर्‍यौँ

तेहरान/जेरूसेलम- इजरायल र इरानबीच १२ दिनदेखि जारी युद्ध अब शान्त