भिजिट भिषाको सन्दर्भमा नयाँ व्यवस्था के–के ? « Khabarhub

भिजिट भिषाको सन्दर्भमा नयाँ व्यवस्था के–के ?


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले भिजिट भिषाको सम्बन्धमा नयाँ व्यवस्था गरेको छ ।

गृहमन्त्रालयले भिजिट भिषा र यसबाट सृजित समस्या तथा समाधानका उपायको सम्बन्ध सिफारिस गर्न गठित कार्यदलको प्रतिवेदनअनुसार कार्यविधि तयार नभएसम्मका लागि नयाँ व्यवस्था गरेको हो ।

जसअनुसार खाडी मुलुकभन्दा बाहिर कम्तिमा एकपटक र खाडी मुलुकको हकमा दुई पटक विदेश यात्राको अभिलेख भएका व्यक्तिहरू भिजिट भिषामा जान पाउन सक्ने छन् ।

त्यस्तै, न्यूनतम दुई वर्षभन्दा बढी समय विदेशी मुलुकमा व्यतित गरेको अभिलेखबाट प्रमाणित हुने व्यक्तिहरू, कक्षा १२ वा सो सरहको प्राविधिक/व्यावसायिक सिप दक्षता भई आधिकारिक निकायबाट प्रमाणीकरण भएका वा उच्च शिक्षा हासिल गरेका, अध्येता, विज्ञ, प्राविधिक व्यक्तिहरू, अंग्रेजी वा गन्तव्य मुलुकमा बोलिने भाषाको राम्रो सिप भएका व्यक्तिलगायतले भिजिट भिषा प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  १० : ३७ बजे

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने