एमसीसी कसरी अघि बढाउने हाम्रो हातमा छ « Khabarhub

एमसीसी कार्यान्वयनमा विज्ञको धारणा-५

एमसीसी कसरी अघि बढाउने हाम्रो हातमा छ



एमसीसी लामो छलफल, विवाद र बहसबाट अनुमोदन भएको छ । सुरुमा एमसीसी परियोजनालाई सामान्य रुपमा लिइनु, पछि यसलाई धेरै भयानक बनाउनु र विवादमा तान्नु राम्रो काम थिएन ।

खासगरि नेपालका केही नेता र कर्मचारीतन्त्रबाट भएका यस किसीमका प्रयासहरुले सकारात्मक सन्देश दिदैन । यसले हाम्रो अर्थतन्त्र र कूटनीतिक क्षेत्रमा पनि असर पर्छ ।

एमसीसीको पक्ष र विपक्षमा बहस जरुरी थियो । जुन भयो । यसले राम्रो सन्देश दियो । तर विरोधका नाममा जसरी आन्दोलन र अराजकता प्रदर्शन भयो । यो सोचनीय विषय हो ।

भोलिका दिनमा यसैले नेपालीलाई चिन्ताको विषय बनाउन सक्छ । कुनै पनि वैदेशिक लगानी भित्र्याउन जति चुनौति हुन्छ, त्यसलाई कार्यान्वयन गर्न त्यो भन्दा पनि ठूलो चुनौति छ । यो चुनौति स्वीकार गरेर अघि बढ्दा त्यसको सही मूल्यांकन गर्न जरुरी हुन्छ ।

एमसीसी संसद्बाट अनुमोदन भएपछि केही आशा पलाएका छन् । ठूलो पूर्वाधार विकासमा लगानी जुट्नु राम्रो पक्ष हो । यसले रोजगारी पनि सिर्जना गर्छ । नेपाली नागरिकमा विकासप्रतिको धारणा फराकिलो बन्दै जान्छ । भलै यसमा नेताहरुले राजनीति मात्रै बढी गर्छन ।

जव अमेरिकाले केही गर्छ । बेलायतले पनि हेरिरहेको हुन्छ । एमसीसी आउनु भनेको हाम्रो लागी ठुलो कुरा हो । र यो गौरवमय योजना पनि हो । यसलाइ कसरी अघि बढाउने भन्ने हाम्रो हातमा छ । नागरिक समाज मात्र नभई व्यापारीहरुको सस्थाले पनि हामी कर तिर्छौ भनेका छन् । हामी टाढा भएपनि हाम्रो माया नेपालमै छ ।

हामी जे गर्छौ नेपालकै लागी गर्छौ । लन्डन चेम्बर अफ कर्मशले यसलाई स्वागत गर्नुको कारण पनि नेपालमा केही हाम्रो होस् भनेर हो । हाम्रो विजनेस म्यागजिन छ । त्यसमा पनि एमसीसीको बारेमा लेख्न कुरा गर्छु । अरुण सुवेदी जस्तो विज्ञहरुले पनि अपडेट गराइराख्नु भएको छ ।

एमसीसीलाई कार्यान्वयन गर्न एउटा ग्रुप चाहिन्छ । यसको जवाफदेहिताको लागी अध्ययन गर्ने समुहको खाँचो पर्छ । मलाई विश्वास छ, लन्डनले पनि एफडीआई सुरु गर्छ भन्ने आशा छ । जब अमेरिकाले केही गर्छ, बेलायतले आँखा चिम्लेर सहयोग गर्छ ।

ज्ुान एमसीसीको बारेमा गलत धारणा छ । नेपाल अब रहँदैन, अमेरिकाले लगिसक्यो भन्ने जस्ता भ्रम सिर्जना भएका छन् । उनीहरुले लिएर राष्ट्र कब्जा गरेको र चलाएको कहाँ छ ? बेलायतले एक समय ७२ देशलाइ आफनो उपनिवेश बनाएको इतिहास हो ।

आज भन्दा चार वर्ष भन्दा अघि लर्ड मेयरले हाइड्रो पावर बनाउन पनि पहल गरेको थियो । अब हामी एकढिक्का भएर, सरकारसँग समन्वय गरेर अगाडि बढाउनुपर्छ । एमसीसी पास भएकोमा एकदमै खुशि छौँ । अब यसले नेपालको विकासमा सहयोग पुग्ने छ ।

(एमसीसी कार्यान्वयनमा विज्ञको धारणा विषयमा प्रस्तुत विचारको सम्पादित अंशः)
प्रस्तुति : विपना थापा

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ९ : ०५ बजे

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

काठमाडौं– सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित

शंकर पोखरेलको निष्कर्ष : कम्युनिस्ट एकता होइन, जनतासँगको सम्बन्ध सुधार अहिलेको आवश्यकता

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कम्युनिस्ट नेतृत्वकै समयमा