बालबालिकाले पढ्न मन गर्दैनन् र सफलता पाएनन् भने…. « Khabarhub

बालबालिकाले पढ्न मन गर्दैनन् र सफलता पाएनन् भने….


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अध्ययनका लागि शान्त वातावरण हुनु अत्यन्त जरुरी छ । त्यसैले पढ्ने टेबलका लागि यस्तो स्थान चुन्नु पर्दछ जहाँ हल्ला नहोस् ।

वास्तुका अनुसार अध्ययनमा मन नलाग्नुमा अध्ययन कोठा वा टेबल आसपासमा हुने केही चीज कारक रहन्छ । जसले लाखौँ मेहनत गर्दा पनि प्रतियोगीले परीक्षामा सफलता पाउन सक्दैनन् ।

पढ्नका लागी पूर्व र उत्तर दिशाको कोठा शुभ मानिन्छ । कोठाको ईशान कोण खाली राख्नु पर्दछ । दक्षिण तथा पश्चिमको पर्खालमा टाँसेर अध्ययन टेबल कुर्सी राखी अनुहार पूर्व वा उत्तर फर्र्काएर पढ्नु शुभ मानिन्छ । घरको उत्तरतर्फ मुख फर्काएर पढ्नु उत्तम मानिन्छ ।

अध्ययन कोठामा माता सरस्वतीको चित्र लगाउँदा वा वेदव्यास जस्ता महापुरुषको तस्बिर राख्दा पनि पढ्न मन लाग्ने धार्मिक मान्यता छ ।

अध्ययन कोठामा बालबालिकाको एकाग्रता बढाउन हरियो सुगाको तस्बिर राख्दा मन लाग्ने मान्यता छ । साथै पढ्ने कोठाको पर्खालको रङ्ग सेतो, गुलाबी, वा क्रीम रंगको बनाउनु पर्दछ तर गहिरो रङ्ग भने लगाउनु हुँदैन । यस्तै कोठा सफा हुन आवश्यक छ । यस अलावा निम्न चीज कोठाबाट हटाउनु पर्दछ ।

यी सामाग्रीलाई १० चीज टाढा राख्नु पर्दछ
– कैँची, सुई
– ऐना
– इलेक्ट्रोनिक सामान
– फिल्मी पोस्टर
– भिडियो गेम
– अखबारका फोहोर
– खानाको प्लेट
– अनुपयोगी पुस्तक वा कापी
– एन्टीक स्टयाच्यू
– आक्रामक तस्बिर

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ७ : ४१ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्