बालबालिकाले पढ्न मन गर्दैनन् र सफलता पाएनन् भने.... | Khabarhub Khabarhub

बालबालिकाले पढ्न मन गर्दैनन् र सफलता पाएनन् भने….


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अध्ययनका लागि शान्त वातावरण हुनु अत्यन्त जरुरी छ । त्यसैले पढ्ने टेबलका लागि यस्तो स्थान चुन्नु पर्दछ जहाँ हल्ला नहोस् ।

वास्तुका अनुसार अध्ययनमा मन नलाग्नुमा अध्ययन कोठा वा टेबल आसपासमा हुने केही चीज कारक रहन्छ । जसले लाखौँ मेहनत गर्दा पनि प्रतियोगीले परीक्षामा सफलता पाउन सक्दैनन् ।

पढ्नका लागी पूर्व र उत्तर दिशाको कोठा शुभ मानिन्छ । कोठाको ईशान कोण खाली राख्नु पर्दछ । दक्षिण तथा पश्चिमको पर्खालमा टाँसेर अध्ययन टेबल कुर्सी राखी अनुहार पूर्व वा उत्तर फर्र्काएर पढ्नु शुभ मानिन्छ । घरको उत्तरतर्फ मुख फर्काएर पढ्नु उत्तम मानिन्छ ।

अध्ययन कोठामा माता सरस्वतीको चित्र लगाउँदा वा वेदव्यास जस्ता महापुरुषको तस्बिर राख्दा पनि पढ्न मन लाग्ने धार्मिक मान्यता छ ।

अध्ययन कोठामा बालबालिकाको एकाग्रता बढाउन हरियो सुगाको तस्बिर राख्दा मन लाग्ने मान्यता छ । साथै पढ्ने कोठाको पर्खालको रङ्ग सेतो, गुलाबी, वा क्रीम रंगको बनाउनु पर्दछ तर गहिरो रङ्ग भने लगाउनु हुँदैन । यस्तै कोठा सफा हुन आवश्यक छ । यस अलावा निम्न चीज कोठाबाट हटाउनु पर्दछ ।

यी सामाग्रीलाई १० चीज टाढा राख्नु पर्दछ
– कैँची, सुई
– ऐना
– इलेक्ट्रोनिक सामान
– फिल्मी पोस्टर
– भिडियो गेम
– अखबारका फोहोर
– खानाको प्लेट
– अनुपयोगी पुस्तक वा कापी
– एन्टीक स्टयाच्यू
– आक्रामक तस्बिर

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ७ : ४१ बजे

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु

घोडाघोडी–  जिल्लाको लम्कीचुवा नगरपालिकाअन्तर्गत पर्ने धोबेनी खोलामा मलामी बोकेको ट्याक्टर

ओलीको स्पष्टीकरण : मैले जेन-जी आन्दोलनलाई बेठिक भनेको छैन

काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४

ओलीको प्रतिप्रश्न : सम्पादकज्यूहरूले आत्मआलोचना गर्नु भयो ?

काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली जेन-जी आन्दोलनपछि पहिलो पटक

फ्रान्सका पूर्वराष्ट्रपतिलाई जेल सजाय

पेरिस- फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सारकोजीले सन् २००७ को राष्ट्रपतीय निर्वाचनको

सरकारले निर्वाचन सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु गर्ने

काठमाडौं– सरकारले शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु