कब्जियत भगाउने ३ चमत्कारिक जुस  « Khabarhub

कब्जियत भगाउने ३ चमत्कारिक जुस 


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिशा गर्दा आउने समस्या मध्ये प्रमुख हो, कब्जियत । यो अहिले अधिकांश मानिसको आम समस्या बनेको छ। लामो समयसम्म कब्जियतको उपचार भएन भने यो गम्भीर रोगमा परिणत पनि हुन सक्छ । यस्तोमा घरमै बनाउन मिल्ने केही जुस छन् जसले कब्जियतबाट छुटकारा पाउन सकिन्छ ।

– कागती
आधा कागती, एक कप तातो पानी, एक चम्चा मह, आधी चम्चा जीराको धूलो ।

तयार पार्ने विधि
एक गिलास तातो पानीमा कागतीको रस, मह र जीराको धूलो हालेर मज्जाले घोल्ने । अब तयार भएको जुस नियमित पिउँदा कब्जियत भगाउँछ।

– सुक्खा जामुन
६ वटा सुक्खा जामुन, आधा चम्चा मह, आधा चम्चा जीराको धूलो र एक कप तातो पानी ।

तयार पार्ने विधि

पाँच मिनेटसम्म सुक्खा जामुनलाई तातो पानीमा भिजाउने त्यसपछि यसको बिउ निकाल्ने र ब्लेन्डरमा मज्जाले पिस्ने । अब यसमा मह र जीराको धूलो हालेर फेरि ब्लेन्डरमा मिक्स गर्ने । अब तयार भएको जुस नियमित पिउन गरे कब्जियतबाट छुटकारा पाइन्छ ।

– स्याउ
एउटा स्याउ, आधी चम्चा सूपको धूलो, आधी कप पानी ।

तयार पार्ने विधि

स्याउलाई काटेर ब्लेन्डरमा पिस्ने र त्यसमा पानी हालेर फेरि एक पटक ब्लेन्डरमा हाल्ने । अब जुसलाई एउटा गिलासमा निकालेर त्यसमा सूपको धूलो हाल्ने र राम्ररी घोली नियमित पिउँदा कब्जियतबाट छुटकारा पाउन सकिन्छ ।

पञ्जाब केशरी

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ६ : २७ बजे

साढे ३ महिनापछि ताप्लेजुङ–काठमाडौँ हवाई उडान

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित हवाई

बैंककमा महिनाभरि हुने वर्षा २ दिनमै, ८० हजार मानिस बाढीमा फसे

काठमाडौँ । थाइल्यान्डको राजधानी बैंककमा पछिल्लो दुई दिनमा लगभग ३२०

नारायणीको पुलमा अड्किएको ‘क्रुज’ निकाल्न समस्या

नवलपरासी – आइतबार साँझ नारायणी नदीको बाढीले बगाएर ल्याएको ‘राइनो

सम्यक् महादान आयोजना गर्न सचिवालय स्थापना

काठमाडौं – राष्ट्रिय सभा गृहमा आज ‘सम्यक् महादान मूल समारोह

पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिएको घटनाप्रति सर्वोच्चको गम्भीर आपत्ति

काठमाडौं – सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीशलाई घरमा सुतिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा