कब्जियत भगाउने ३ चमत्कारिक जुस  | Khabarhub Khabarhub

कब्जियत भगाउने ३ चमत्कारिक जुस 


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिशा गर्दा आउने समस्या मध्ये प्रमुख हो, कब्जियत । यो अहिले अधिकांश मानिसको आम समस्या बनेको छ। लामो समयसम्म कब्जियतको उपचार भएन भने यो गम्भीर रोगमा परिणत पनि हुन सक्छ । यस्तोमा घरमै बनाउन मिल्ने केही जुस छन् जसले कब्जियतबाट छुटकारा पाउन सकिन्छ ।

– कागती
आधा कागती, एक कप तातो पानी, एक चम्चा मह, आधी चम्चा जीराको धूलो ।

तयार पार्ने विधि
एक गिलास तातो पानीमा कागतीको रस, मह र जीराको धूलो हालेर मज्जाले घोल्ने । अब तयार भएको जुस नियमित पिउँदा कब्जियत भगाउँछ।

– सुक्खा जामुन
६ वटा सुक्खा जामुन, आधा चम्चा मह, आधा चम्चा जीराको धूलो र एक कप तातो पानी ।

तयार पार्ने विधि

पाँच मिनेटसम्म सुक्खा जामुनलाई तातो पानीमा भिजाउने त्यसपछि यसको बिउ निकाल्ने र ब्लेन्डरमा मज्जाले पिस्ने । अब यसमा मह र जीराको धूलो हालेर फेरि ब्लेन्डरमा मिक्स गर्ने । अब तयार भएको जुस नियमित पिउन गरे कब्जियतबाट छुटकारा पाइन्छ ।

– स्याउ
एउटा स्याउ, आधी चम्चा सूपको धूलो, आधी कप पानी ।

तयार पार्ने विधि

स्याउलाई काटेर ब्लेन्डरमा पिस्ने र त्यसमा पानी हालेर फेरि एक पटक ब्लेन्डरमा हाल्ने । अब जुसलाई एउटा गिलासमा निकालेर त्यसमा सूपको धूलो हाल्ने र राम्ररी घोली नियमित पिउँदा कब्जियतबाट छुटकारा पाउन सकिन्छ ।

पञ्जाब केशरी

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ६ : २७ बजे

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु

घोडाघोडी–  जिल्लाको लम्कीचुवा नगरपालिकाअन्तर्गत पर्ने धोबेनी खोलामा मलामी बोकेको ट्याक्टर

ओलीको स्पष्टीकरण : मैले जेन-जी आन्दोलनलाई बेठिक भनेको छैन

काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४

ओलीको प्रतिप्रश्न : सम्पादकज्यूहरूले आत्मआलोचना गर्नु भयो ?

काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली जेन-जी आन्दोलनपछि पहिलो पटक

फ्रान्सका पूर्वराष्ट्रपतिलाई जेल सजाय

पेरिस- फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सारकोजीले सन् २००७ को राष्ट्रपतीय निर्वाचनको

सरकारले निर्वाचन सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु गर्ने

काठमाडौं– सरकारले शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु