इन्जिनियर एशोसिएसनको मतदान जारी « Khabarhub

इन्जिनियर एशोसिएसनको मतदान जारी


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालभरका इन्जिनियरको छाता संस्था नेपाल इन्जिनियर एशोसिएसन (नेइए)को नयाँ कार्यसमिति चयनका लागि निर्वाचन भइरहेको छ ।

एशोसिएसनको ३३ औँ कार्यकारिणी समितिका लागि आज देशभरका सातै प्रदेशको १४ स्थानमा एकैसाथ मतदान भइरहेको छ ।

निर्वाचनका लागि पाँच समूहको प्रतिस्पर्धा छ । सत्तारुढ दल नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर (सिडेन)ले इ डा हरिबहादुर दर्लामीको समूहलाई उम्मेदवार बनाएको छ ।

उक्त उम्मेदवारप्रति रुष्ट बन्दै कांग्रेसकै दिलीपकुमार झाको नेतृत्वमा अर्को समूहसमेत चुनावी मैदानमा होमिएको छ । यस्तै नेकपा एमाले निकट राष्ट्रिय प्रगतिशील गठबन्धनका इ डा सुरज लामिछाने, नेकपा (माओवादी केन्द्र)(एकीकृत समाजवादी) एकीकृत प्रगतिशील समूहका तर्फबाट इ डा हरिराम पराजुली र नेपाल मजदुर किसान पार्टी निकट इन्जिनियर समाज नेपालका इ राजेन्द्रप्रसाद हाडाको समूह प्रतिस्पर्धामा उत्रिएका छन् ।

निर्वाचन समिति संयोजक इ घनश्याम भट्टराईले बिहान ९ बजेदेखि सुरु भएको मतदानमा हालसम्म काठमाडौँमा मात्र दुई हजारभन्दा बढी मत खसिसकेको जानकारी दिए ।

निर्वाचन समितिले २५ बुथमा मतदानको व्यवस्था मिलाएको र काठमाडौँमा मात्र ११ हजारभन्दा बढी मतदाता छन् । देशभरका १४ स्थानमा बिहान ९ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ । देशभर २१ हजार ६८० मतदाता छन् । निर्वाचनले २५ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुने एशोसिएसनले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ४ : ५२ बजे

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं– कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण

गर्मीकै कारण फ्रान्समा थप एक हजार जनाको मृत्यु

पेरिस– पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा गरिएभन्दा

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ ।   आइतबार

सदनमा अर्थमन्त्रीको जवाफ- विदेश पढ्न जाने विद्यार्थीका लागि मुद्रा सटही शुल्क उचित छ, कर तिर्नैपर्छ 

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रबाट सङ्कलन

पोखरामा २१ औँ रोपाइँ महोत्सव (तस्बिरहरू)

पोखरा– कास्कीको लेखनाथस्थित शिशुवामा पोखरा पर्यटन परिषद्ले आयोजना गरेको २१औँ रोपाइँ