आफूहरूले दर्ता गराएकै चुनाव चिह्न पाउनुपर्ने साना दलको माग « Khabarhub

आफूहरूले दर्ता गराएकै चुनाव चिह्न पाउनुपर्ने साना दलको माग


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगका पदाधिकारी र विभिन्न दलका नेताहरूबीच चुनाव हुने खर्चको सीमा, चुनाव चिह्नलगायत विषयमा छलफल भएको छ ।

निर्वाचन आयोगले स्थानीय तहको चुनावको तयारीबारे आज गरेको छलफलमा उनीहरूबीच निर्वाचनका क्रममा हुने खर्चको सीमा, खर्चको नियमन, आचारसंहिता, चुनाव चिह्नलगायत विषयमा छलफल भएको हो ।

छलफलमा साना दलका प्रतिनिधिहरूले निर्वाचनका लागि माग गरिएको चुनाव चिह्न पाउनुपर्ने जिकिर गरेका थिए ।

उनीहरूले निर्वाचन आचारसंहिता कडाईका साथ पालना गराउनुपर्ने सुझाव पनि दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

राष्ट्रिय मान्यता प्राप्त दल बाहेक ७३ दलले आफूले प्रस्ताव गरेको चुनाव चिह्न पाउनुपर्ने माग गरेको र कानुनमा भएको व्यवस्थाअनुसार नै अघि बढ्ने जानकारी गराएको पनि उनले बताए ।

निर्वाचनलाई मितव्ययी बनाउन चुनाव खर्च घटाउने प्रस्ताव गरेको र दलहरूको सकारात्मक सुझाव प्राप्त भएको पौडेलले बताए ।

छलफलपछि माओवादी केन्द्र नेता लिलामणि पोखरेलले निर्वाचनमा हुने खर्चको नियमनको उचित प्रबन्ध हुनुपर्ने बताए ।

निर्वाचन प्रचारप्रसारका क्रममा हुने सामाजिक सञ्जालको दुरुपयोगको नियमन गर्ने छुट्टै साइबर क्राइम ब्यूरो बनाउने तयारी रहेको जानकारी प्राप्त भएको पनि उनले बताए ।

त्यस्तै, लोसपाका नेता केशव झाले मतदानको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका व्यक्तिले निर्वाचनमा भाग लिन पाउने व्यवस्था सकारात्मक रहेको बताए ।
उनले मतपत्रको रंग हरियो राख्नुको कारण आयोगले जानकारी गराएपछि विवाद नभएको बताए ।

त्यसैगरी, राप्रपाका नेता भुवन पाठकले निर्वाचनमा आफूहरूले दर्ता गराएको चुनाव चिह्न नै पाउनुपर्ने माग गरे । उनले निर्वाचनमा भाग लिने कुनै पनि दलसँग भेदभाव गर्न नहुने तर्क गरेका छन् ।

छलफलमा एमालेका प्रतिनिधिहरूले मतपत्रमा चुनाव चिह्न हरियो बनाइएको भन्दै आयोगको ध्यानाकर्षण गराएका थिए ।

वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि आयोगले तीव्र रूपमा तयारी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ७ : ५५ बजे

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर

तीन ठूला नेता भेटेपछि सरकारका प्रवक्ता : फागुन २१ गतेको चुनाव अब सुनिश्चित भयो

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन

जेनजी सहिदको घर पुगे प्रजिअ पौडेल

बैतडी- जेनजी आन्दोलनमा ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपक

नेपालमा रहेका खाद्यान्नमा देखियो मुटुलाई हानी गर्ने ‘ट्रान्स फ्याक्ट’ 

काठमाडौं– हामीले खाने खाद्यपदार्थहरूमा बढी ‘ट्रान्स फ्याक्ट’ हुँदा शरीरको मुख्य