स्थानीय तहका उम्मेदवार छनौट गर्न जसपाबाट निर्देशिका बनाइयो « Khabarhub

स्थानीय तहका उम्मेदवार छनौट गर्न जसपाबाट निर्देशिका बनाइयो


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीको कार्यकारिणी समितिले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनौट गर्न निर्देशिका बनाएको छ ।

शुक्रबार ललितपुरमा बसेको जसपाको बैठकले निर्देशिका पारित गरेको वरिष्ठ नेता अशोक राईले जानकारी दिएका हुन् ।

निर्देशिका फागुन २९ र ३० गते बस्ने केन्द्रीय समिति बैठकमा पेश गरिने पनि उनले बताए ।

त्यस्तै, बैठकले समसामायिक राजनीतिक परिस्थिति र कार्यदिशासम्बन्धी प्रतिवेदन पारित गरेको र यो प्रतिवेदन शनिबार बस्ने संघीय परिषद्को बैठकमा पेश गरिने राईले बताए ।

संघीय परिषद्को बैठक र त्यसपछि बस्ने केन्द्रीय समितिको बैठकको अन्य एजेण्डाहरू पनि तयार गरिएको छ ।

जसपाभित्र पार्टी समायोजन, कार्यविभाजन, कार्यकारिणी समिति विस्तार, पदाधिकारी चयन, कार्यकारिणी अध्यक्षलगायत विषयमा नेताहरूबीच विवाद छ ।

यी विषयहरूमाथि परिषद् र केन्द्रीय समितिको बैठकमा छलफल हुनेसमेत जसपाले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ९ : ५० बजे

अनौठो शैलीका कारण कङ्गोली फ्यानलाई अमेरिकले दिएन भिसा

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) का प्रख्यात ‘सुपरफ्यान’

आरोही फुञ्जो बनिन् चुननुब्रीको पर्यटन सद्भावना दूत

गोरखा– कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन

कञ्चनपुरको विकट बस्ती मसेट्टीमा निःशुल्क आँखा शिविर

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ खल्ला मसेट्टीमा निःशुल्क आँखा शिविर

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि हुँदै

कर्णाली– ‘कर्णाली क्रिकेट कप २०८३’ आज (आइतबार)देखि प्रदेश राजधानी सुर्खेतको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर