रुसमाथि बेलायतको नयाँ प्रतिबन्ध « Khabarhub

रुसमाथि बेलायतको नयाँ प्रतिबन्ध


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – बेलायतले मस्कोमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । बेलायतले रुसी तल्लो सदन डुमाका ३८६ सांसदहरुलाई लक्षित गर्दै नयाँ प्रतिबन्ध लगाएको हो । ती सबै सांसदहरुले युक्रेन हमलामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमलाई समर्थन जनाएका थिए ।

उनीहरूलाई बेलायत यात्रा गर्न र बेलायतमा रहेको कुनै पनि सम्पत्तिमा पहुँच राख्न प्रतिबन्ध लगाइएको बेलायतको विदेश मन्त्रालयले जनाएको छ ।

फेब्रुवरीमा पूर्वी युक्रेनमा बिखन्डनकारीको नियन्त्रणमा रहेको लुहान्स्क र दोनेत्सक क्षेत्रलाई मान्यता दिएका थिए । सो मान्यता रुसी युद्धका लागि बहाना बनेको विदेश मन्त्रालयले जनाएको छ ।

‘हामी युक्रेनमा पुटिनको अवैध आक्रमणमा संलग्न र यस बर्बर युद्धलाई समर्थन गर्नेहरूलाई लक्षित गर्दैछौं,’ विदेशमन्त्री लिज ट्रसले भने । सरकारले बिहीबार चेल्सी फुटबल क्लबका रुसी मालिक रोमन अब्रामोभिचको सम्पत्ति रोक्का गरेको थियो ।

प्रधानमन्त्री बोरिस जोनसनलाई धनाढ्य रुसीहरू विरुद्ध कारबाही गर्न ढिलाइ गरेको र सोभियत संघको पतन पछि लन्डन हुँदै पार भएको रुसी पैसामा आँखा चिम्लिएको आरोप लागेको थियो । रुसी जहाज र विमानलाई यसअघि नै बेलायत सरकारले प्रतिबन्ध लगाइसकेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ११ : ५७ बजे

कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपद्मा परेकाको उद्धारमा जुटन निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले अहिलेको विपद्को अवस्थामा पार्टीका सम्पूर्ण सदस्यहरुलाई

जनमत टाढिनुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनमत

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार

‘पिपल्स च्वाइस’मा पाँच खेलाडीको नाम सार्वजनिक

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने पल्सर