इटहरीका मेयरको धम्की- ‘अब तेरो नाकको हड्डी भाँच्न बाँकी छ’ | Khabarhub Khabarhub

इटहरीका मेयरको धम्की- ‘अब तेरो नाकको हड्डी भाँच्न बाँकी छ’


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी– इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई नाकको हड्डी भाँच्ने धम्की दिएका छन् ।

इटहरीकै पत्रकार विराट अनुपमलाई फोन गरी उनले अपशब्द बोल्दै अब तेरो नाकको हड्डी भाँच्न बाँकी छ भन्दै धम्क्याएका हुन्। आफ्नो फेसबुक पोस्टमा चाटुकार पत्रकार भनेर कमेन्ट गरेपछि किन यस्तो गरेको भनेर फोन गरेका अनुपमलाई मेयर चौधरीले धम्की दिएका हुन् । उनले अनुपमकै स्टाटसमाथि कमेन्ट लेख्दै अब तिम्रो पालो समेत लेखेका थिए।

फोनमा उनले भनेका छन्, तिमीले के के लेख्न बाँकी राख्या छौ ? तिम्रो नाकको हड्डी भाँच्नलाई एक करोड छुट्याको छु। एउटा घडेरी छुट्याको छु। तेरो नाकको हड्डी भाँच्न मात्रै बाँकी छ, उनले भनेका छन्, अब म गुण्डागर्दीमै उत्रिएँ। तेरो नाकको हड्डी भाँचेर मात्रै मलाई सन्तोष हुन्छ भाइ।’

यसअघि कर्मचारी कुटेको र पत्रकार लोपारेको विषयमा आलोचना भएपछि उनी काठमाडौं पुगेका थिए। गत जेठ ८ गते मेयर चौधरीले इहटरी उपमहानगरपालिका वडा नम्बर १९ का वडा सचिव मनोज दाहाल र सब इन्जिनियर रामबहादुर खड्का समेत कुटेका थिए । उक्त घटनापछि कर्मचारीहरुले मेयरविरुद्ध आन्दोलनकै घोषणा गरेका थिए।

पहिलैदेखि उदण्ड द्वारिका

स्थानीय तहको निर्वाचनमा आदीवासी जनजाती कोटामा इटहरी उपमहानगरको मेयरका लागि तत्कालीन एमालेले उनको नाम फाइनल गरेको थियो ।

धेरैको विरोधकाबीच पार्टी केन्द्रीय कमिटीले उनको नाम निर्णय गरेको थियो । पहिलो संविधानसभाका बेला तत्कालीन एमाले देशैभर कमजोर बनिरहेका बेला संगठन निर्माण गर्नुको साटो चौधरीले ‘थारु नसमेटेको’ भन्ने स्टन्ट देखाउँदै राजीनामाको घोषणा समेत गरेका थिए ।

तर, अन्यत्र कतै ठाउँ नपाउने भएपछि जिल्ला कमिटीमा बस्न बाध्य भए । जिल्ला कमिटीमा पनि नेतृत्व नपाएको झ्वाँकमा विभिन्न व्यक्तिसँग उनको विवाद कायमै रहेको थियो । जिल्लाका कतिपय नेतासँग उनले मुखामुख गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ७ : ५५ बजे

महिला उद्यमी बढाउँदै शान्ता, अचार र गुन्द्रुक बनाउने तालिम दिन पुगिन् बाजुरा

धनगढी– शान्ता चौधरी पेशाले राजनीतिकर्मी हुन् । १० वर्षे कमलहरि

चालीस लाखको लागतमा ग्रामीण खानेपानी आयोजना सम्पन्न

म्याग्दी– मालिका गाउँपालिका– ३ लुक्सीपारमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत

आँप कसरी खाने ? चिकित्सा विज्ञान र आयुर्वेदका आ-आफ्नै तर्क

काठमाडौं – आँप, फलफूलको राजा । काँचो र पाकेको आँप

काठमाडौंको बजेट कर्मचारीको भर, के गर्दैछन् अन्य महानगर ?

काठमाडौं– मुलुकका महानगरपालिका आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि तीव्र

केटी पेरी र ओरलान्डो ब्लुमको सम्बन्ध लिभिङमै अन्त्य हुन लागेको चर्चा

काठमाडौं – हलिउड गायिका केटी पेरी र नायक ओरलान्डो ब्लुमको