रुसविरुद्ध लड्न युक्रेन पुगेका खुँखार स्नाइपर ‘वाली’ को हुन् ? | Khabarhub Khabarhub

रुसविरुद्ध लड्न युक्रेन पुगेका खुँखार स्नाइपर ‘वाली’ को हुन् ?


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी आक्रमणको सामना गरिरहेको युक्रेनले विदेशीहरुलाई आफ्नो पक्षमा लड्नका लागि आह्वान गरेको छ । सोही अनुसार युक्रेनी फौजमा ‘अन्तर्राष्ट्रिय दल’ नामक दस्ता पनि गठन गरिएको छ । हालसम्म २० हजार भन्दा धेरै विदेशीहरु रुसी आक्रमणविरुद्ध लड्न युक्रेन पुगेका छन् ।

अरु विदेशी योद्धा जस्तै ‘विश्वकै सबैभन्दा खुँखार स्नाइपर’ अर्थात् निशानेबाज पनि युक्रेन पुगेका छन् । युक्रेनको नेक्स्टा टीभीले क्यानाडेली सेनामा सेवा गरिसकेका ‘वाली’ उपनाम रहेका स्नाइपर युक्रेन पुगेको जनाएको हो ।

उनले सन् २०१५ मा इराकमा लडेको जनाइएको छ । त्यसअघि अफगानिस्तानमा पनि उनले सन् २००९ देखि सन् २०११ सम्म सेवा गरेका थिए । सैनिक सेवा सकेपछि उनी युक्रेन आउनुअघिसम्म कम्प्युटर प्रोगामरको काम गरिरहेका थिए ।

उनी क्यानेडियन सेनाको रोयल २२ औं ‘ई’ रेजिमेन्टमा थिए । गएको सातामात्रै क्यानाडाका सञ्चारमाध्यमले एक वर्षे छोरो र श्रीमतीलाई छाडेर वाली युक्रेन लागेको जनाएका थिए । क्यानाडाको ब्रोडकास्टिङ कर्पोरेशन सीबीसी न्युजलाई दिएको अन्तरवार्तामा युक्रेनीहरुलाई सहयोग गर्न आफू त्यहाँ पुगेको बताएका छन् ।

‘मैले सहयोग गर्नुपर्छ किनकी त्यहाँ मानिसहरुमाथि गोलाबारी भइरहेका छन् किनभने उनीहरु रुसी नभई युरोपेली हुन चाहन्छन् ।’ उनले भने ।

अफगानिस्तानमा रहँदा उनलाई ‘वाली’ उपनाम दिइएको थियो । अरबी भाषामा यसको अर्थ अभिभावक हुन आउने बताइएको छ ।

नेक्स्टा टीभीका अनुसार औसत स्नाइपरको दैनिक उत्पादकत्व ७ जना प्रतिदिन हुन्छ । युक्रेनी मोर्चामा एकजना स्नाइपरले दिनमा १० जना सम्मलाई मार्न सक्छन् । तर वालीले भने दैनिक ४० जनासम्म लाई मार्न सक्ने जनाइएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ५ : ०० बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता