नेप्से परिसूचक १०१.०७ अंकले बढ्यो, पाँच कम्पनीको शेयरमा सर्किट « Khabarhub

नेप्से परिसूचक १०१.०७ अंकले बढ्यो, पाँच कम्पनीको शेयरमा सर्किट


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १०१.०७ अङ्कले बढेर दुई हजार ६६७.९७ मा पुगेको हो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज बजार ३.९४ प्रतिशत बराबरको वृद्धि भएको हो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६.३७ अङ्कले उकालो लागेर ५०९.९० मा पुगेको छ ।  

नेप्सेमा उच्च अङ्कको वृद्धि भए पनि कारोबार रकम भने उल्लेख्यमात्रामा वृद्धि भएन । कूल २२८ कम्पनीको ९० लाख २२ हजार ८९० कित्ता शेयर रु चार अर्ब ८७ करोड सात लाख १५ हजार ३८७ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर नै उकालो लागेको छ । बैंकिङ ५४.७१, व्यापार ११३, होटल तथा पर्यटन १५८.६९, विकास बैंक २१०.५६, जलविद्युत् ७५.६५, वित्त १०७.०१, निर्जीवन बीमा ५६७.८७, उत्पादन ३०८.०६, अन्य ८६.६२, लघुवित्त १६३.७८, जीवन बीमा ९२२.१६, सामूहिक लगानी कोष ०.१७ र लगानी ३.८१ अङ्कले उकालो लागेको छ ।

आजको कारोबारपछि बजार पुँजीकरण रु ३७ खर्ब ८० अर्ब ७७ करोड १२ लाख ९२ हजार ८६९ बराबर पुगेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३४ करोड ३६ लाख ५० हजार ९५४ बराबरको कारोबार भयो ।

यस्तै अपि पावर कम्पनी रु ३० करोड १७ लाख ३० हजार ५७०, आइसिएफसी फाइनान्स कम्पनी रु २१ करोड ३१ लाख १३ हजार ८७२, नेपाल दूरसञ्चार कम्पनी रु १९ करोड ६१ लाख ९५ हजार ५८३ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु  १९ करोड ४६ लाख ७२ हजार ६९३ बराबरको कारोबार भई शीर्ष पाँच भित्र परेका छन् ।

पाँच कम्पनीको शेयरमा सर्किट

नेप्सेका अनुसार विभिन्न पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा एशियन लाइफ इन्स्योरेन्स, ज्योति विकास बैंक र सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । 

यस्तै इमर्जिङ नेपाल र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाए । ती कम्पनीको शेयर मूल्यमा समेत सकारात्मक सर्किट लाग्यो ।

 उता मेगा म्युचुअल फण्ड एक २.९३, प्राइम बैंकको ऋणपत्र १.९९, कुमारी इक्विटी फण्ड १.५९, नबिल ऋणपत्र १.४९ र सनराइज बैंकको ऋणपत्रका लगानीकर्ताले १.०७ प्रतिशतले गुमाए । 

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ५ : ०१ बजे

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी

रूपपुर आणविक इन्धन ढुवानीमा पाकिस्तानले अनुमति नदिँदा अवरोध

ढाका- बङ्गलादेशको रूपपुर आणविक ऊर्जा केन्द्रका लागि युरेनियम इन्धन बोकेको विमानलाई

बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न बागमतीका मुख्यमन्त्रीको निर्देशन

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले चालु आर्थिक वर्षको नीति, कार्यक्रम

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र