‘प्रकाशलाई ‘पिर’ युट्युबबाट हटाएर माफी माग्न माओवादीको चेतावनी « Khabarhub

‘प्रकाशलाई ‘पिर’ युट्युबबाट हटाएर माफी माग्न माओवादीको चेतावनी


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक प्रकाश सुपतको गीत ‘पीर’को विवाद श्रृंखला पेचिलो बन्दै गएको छ । गत शुक्रबार रिलिज गरिएको यो गीतको म्युजिक भिडियो आपत्तिजनक भएको भन्दै सत्तारुढ नेकपा माओवादी केन्द्रनिकट चार संगठनले तत्काल युट्युबबाट हटाएर माफी माग्न सपुतलाई चेतावनी दिएका छन् ।

जनक्रान्तिका घाइते तथा अपांग योद्धा संघका इन्चार्ज दिपेन्द्रकुमार पुन, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का अध्यक्ष अमृता थापा मगर, जनसांस्कृतिक महासंघका अध्यक्ष मातृका पोखरेल र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले संयुक्त विज्ञप्ति जारी गर्दै भनिएको छ, ‘जनमुक्ति सेनाले गरेको योगदानप्रति अपमान गर्दै जनयुद्ध नै विद्रुपीकरण गर्न खोजिएको उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको घटनाप्रति हामी घोर आपत्ति प्रकट गर्दै तत्काल युट्युब च्यानलबाट हटाउन जोडदार माग गर्दछौं ।’

भिडियोमा माओवादीका पूर्वलडाकुलाई आफ्नो जीवन धान्नका लागि देह व्यापार र परस्त्रीगमनमा लागेको भ्रमपूर्ण दृश्य देखाइएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘भिडियोको सारवस्तु समग्रमा ऐतिहासिक जनआन्दोलन, दश वर्षे जनयुद्धमा होमिएका महिलालाई देहव्यापार र पुरुषलाई परस्त्रीगमनजस्तो अनैतिक कार्यसँग तुलना गर्नु/जोड्नु अत्यन्तै दुखद र आपत्तिजनक छ । तसर्थ नितान्त पूर्वाग्रही, झुट र भ्रामक कार्यगर्नेउपर कानुनी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौं ।’

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ७ : ३१ बजे

म्याद गुज्रेका सामग्री फेला परेपछि अनुगमन तीव्र

खोटाङ– चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा– झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि

रेफ्रीमाथि खनिएका मौरिन्होले भने-‘दुई वटा रातो कार्ड दिनुपर्थ्यो’

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत ‘मड्रिड डर्बी’ मा एट्लेटिको मड्रिडसँग

१० खेलाडीमा सीमित रियललाई २-१ ले हराउँदै एट्लेटिको विजयी

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’

कानुनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ–  संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज