पसलेसँग झगडापछि राजनीतिमा लागेका थिए आदित्यनाथ | Khabarhub Khabarhub

पसलेसँग झगडापछि राजनीतिमा लागेका थिए आदित्यनाथ


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– योगी आदित्यनाथ भारत उत्तर प्रदेशका मुख्यमन्त्री हुन् । योगी पाँच पटक गोरखपुरका सांसद पनि बनिसकेका छन् । पाँच जुन १९७२ मा जन्मिएका योगी आदित्यनाथको पहिलो मुख्यमन्त्री बन्ने कथापनि निकै रोचक छ ।

कुरा दुई दशक पहिलाको हो । गोरखपुर शहरको मुख्य बजार गोलघरमा गोरखनाथ मन्दिरबाट सञ्चालित इन्टर कलेजमा पढ्ने केही छात्र एक पसलमा कपडा किन्न गएका थिए । त्यसक्रममा उनीरुको पसलेसँग झगडा पर्न गयो । विवादका क्रममा पसलेमाथि आक्रमण भयो त्यतिबेला पसलेले पेस्तोल निकाले र विद्यार्थीमाथि आक्रमण गर्न खोजे ।

दुई दिनपछि पसलेमाथि कारवाहीको माग गर्दै युवाहरु आन्दोलनमा उत्रिए । आन्दोलन उग्र बन्दै गयो । एक युवा योगीको नेतृत्वमा विद्यार्थीहरुले उग्र प्रदर्शन गरे र उनी एसएसपी भवनको पर्खाल पनि चढे । ति पर्खाल चढ्ने उनी योगी आदित्यनाथ थिए ।

जसले १५ फेब्रुअरी १९९४ मा नाथ सम्प्रदायको सबैभन्दा प्रमुख मठ गोरखनाथको मन्दिरको उत्तराधिकारीको रुपमा आफ्ना गुरु महन्त अवैद्यनाथबाट दीक्षा लिएका थिए ।

गोरखपुरको राजनीीतमा एक ‘एग्री योङ म्यान’ को रुपमा उनको धमाकेदार प्रवेश भएको थियो ।

यो त्यसबेला भएको जतिबेला गोरखपुरका राजनीतिमा दुई बाहुबली नेताहरु हरिशंकर तिवारी र वीरेन्द्र प्रताप शाहीको नेतृत्व कमजोर भएको थियो ।

युवाहरुमा खासगरेर गोरखपुर विश्वविद्यालयका विद्यार्थी नेताले उनै योगीलाई हिन्दू महासभाको अध्यक्ष रहेका महन्त दिग्विजयनाथको छवी देखेर र उनीसँग जोडिए ।

अब उनै योगी हिन्दुत्वको सबैभन्दा ठूला ब्राण्ड नेताको रुपमा स्थापित बनेका छिन् ।

दिल्लीपछि बिहारमा हारका कारण यूपीमा आफ्नो प्रदर्शनलाई लिएर चिन्तित भाजपामा गत वर्ष उनलाई मुख्यमन्त्री पदको रुपमा प्रस्तुत गर्ने हल्ला आएको थियो ।

गगत वर्ष मार्चमा गोरखनाथ मन्दिरमा भएको भारतीय सन्तसभाको चिन्तन बैठकमा आरएसएसका ठूला नेताहरुको उपस्थितिमा योगी आदित्यनाथलाई मुख्यमन्त्री बनाउने संकल्प गरिएको थियो ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  १२ : १२ बजे

नगरसभामा बालेनलाई प्रश्न- हामीले बोल्ने मात्रै हो कि कार्यान्यवन पनि हुन्छ ?

काठमाडौं- काठमाडौं महानगरपालिकाको १७ औँ नगरसभाको दोस्रो बैठक बुधबार बसिरहेको

बुधबार ५५ वटा कम्पनीको घट्यो शेयर मूल्य

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको शेयर कारोबारमा ५५

दानव नदीमै बगिरहेको छ बुद्धकालीन रोहिणी

लुम्बिनी– विश्वभर शान्तिको मुहानका रूपमा चिनिने बुद्ध जन्मस्थल लुम्बिनी एक

असारे मैझारोमा १५ प्रतिशतले बढ्यो सरकारको खर्च, ३१ दिनमा दुई खर्ब ४० अर्ब सकियो

काठमाडौं– सरकारले विगतका वर्षहरूमा झैँ असार महिनामा अधिक खर्च गर्ने

रुससँग व्यापार नरोके भारतलाई १०० प्रतिशत ट्यारिफ लगाउने नाटोको चेतावनी

ब्रसेल्स- उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)ले भारतमाथि १०० प्रतिशत ट्यारिफ