फेसबुकपछि रूसले इन्स्टाग्राममा पनि लगायो प्रतिबन्ध « Khabarhub

फेसबुकपछि रूसले इन्स्टाग्राममा पनि लगायो प्रतिबन्ध


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को- यूक्रेनमाथि रूसको हमलाको असर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमाथि पनि पर्न थालेको छ। रूसका मानिसहरूले अब सामाजिक सञ्जाल  इन्स्टाग्राम पनि प्रयोग गर्न सक्ने छैनन्। रूसको सरकारले फेसबुकपछि अब इन्स्टाग्राममाथि पनि प्रतिबन्ध लगाएको छ।

रूस र यूक्रेनबीच चलिरहेको युद्धमा सामाजिक सञ्जालका प्लेटफर्म पनि युद्धको एउटा केन्द्र बनेको थियो। गूगलले रूसी स्टेट मिडियाको यूट्यूब च्यानलको विज्ञापनलाई हटाइदिएको छ। ट्विटरले रूस र यूक्रेनबीच जारी युद्धबीच विज्ञापनमा रोक लगाएको छ। मेटाको स्वामित्वमा रहेको फेसबुक एपमा रूसले अगावै प्रतिबन्ध लगाइसकेको छ। अब मेटा कै स्वामित्वमा रहेको दोस्रो एप इन्स्टाग्रामलाई पनि रूसमा प्रतिबन्धित गरिएको छ।

फेसबुक र इन्स्टाग्राम बाहेक रूसमा टिकटकमा पनि आंशिक रूपमा प्रतिबन्ध लगाइएको छ। टिकटक प्रयोगकर्ताहरूले अपलोड गरेको भिडियो हेर्न सक्छन्‚ तर नयॉं भिडियो अपलोड गर्न सक्दैनन्।
(एजेन्सीको सहयोगमा)

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  २ : ५९ बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर