यस्तो एउटा गाउँ जहाँ कुनै पनि घरमा रङ पोतिदैन, किन होला ? « Khabarhub

यस्तो एउटा गाउँ जहाँ कुनै पनि घरमा रङ पोतिदैन, किन होला ?


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- साजसज्जाका लागि विभिन्न सजावटका सामाग्रीसँगै रङको पनि विशेष भूमिका रहन्छ । त्यसैले हरेक उत्सव, मनोरञ्जन तथा कार्यक्रममा विभिन्न रङको प्रयोग हुने गर्छ । घर तथा कोठालाई सुन्दर देखाउन पनि पछिल्लो समय रङको प्रयोगले प्राथमिकता पाउने गरेको छ । रङको प्रयोग नभएको कुनै पनि ठाउँ हुँदैन । तर, एउटा यस्तो गाउँ जहाँका कुनै पनि घरमा रङ पोतिएको छैन । यो कुरा थाहा पाउँदा तपाईं अचम्मित हुनु होला । वास्तविकता भने यही नै हो । लाखौँ रुपैयाँ खर्च गरेर घरहरु निर्माण गरिन्छ । तर, रङरोगन भने गरिँदैन यो गाउँमा । रङको प्रयोग नहुने गाउँ हो भारतको मध्य प्रदेश राज्यको उज्जैनमा पर्ने कछालिया गाउँ ।

यहाँ सरकारी कार्यालय भवन तथा मन्दिरमा मात्रै रङरोगन हुन्छ । तर, निजी घरहरुमा भने कसैले पनि रङ पोत्दैनन् । यतिसम्म कि विवाह तथा अन्य समारोहमा कुनै किसिमको सजावटको कार्य हुँदैन । कछालिया गाउँ परम्परागत ढंगमा चल्दै आएको छ ।

यहाँका वृद्धवृद्धादेखि साना बालबच्चासम्मले परम्परालाई पालना गर्दै आएका छन् । कछालिया गाउँमा १४ सय मानिस बसोबास गर्छन् भने दुई सय वटा घर छन् । यतिका संख्यामा घरहरु भएपनि कुनै घरमा रङ पोतिएको छैन । रङको रुपमा मात्र हरेक घरको ढोकामा गेरु रङको प्राइमर बनाएर लगाइन्छ । कालो रङको कपडा तथा जुत्ता पनि लगाइँदैन ।

यो गाउँमा कालो रङ प्रयोगमा पूर्ण प्रतिबन्ध छ । यहाँका गाउँलेले कालो रङको कपडा र जुत्ता लगाउँदैनन् । यति मात्रै नभइ मोजा पनि लगाइँदैन । विवाह समारोहका बेला हुने पूजामा पनि कुनै रङको प्रयोग गरिँदैन । देवी–देवताको कलाकृति राखेर रङहरुको प्रयोग बिना पूजा कार्य गरिन्छ । यस्तै तिहारमा गरिने पशुको पूजा पनि रङको प्रयोग गरिँदैन । पशुहरुको सिंग रङ्गाउन रङको ठाउँमा गेरु रङको प्राइमर लगाइन्छ ।

यो गाउँमा कालेश्वर भगवानको मन्दिर रहेको छ । भगवान कालेश्वर प्रति गाउँलेको आघात आस्था र विश्वास रहिआएको छ । त्यसै कारण मन्दिर बाहेक कसैले पनि आफ्नो घरमा रङ नलगाउने गरेको मन्दिरका पूजारी रतनपुरी गोस्वामीले बताए ।

यो परम्परा पुस्तौँ पुस्तादेखि चलिआएको मानिन्छ । तर रङ किन प्रयोग नगरिएको ? यसको पछाडि के मान्यता छ ? यो विषयबारे भने कसैलाई कुनै जानकारी छैन ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  १२ : १८ बजे

व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दीर्घरोगीलाई ३९ लाख रुपैयाँ भत्ताबापत सहयोग

समिति बैठकमा अर्थमन्त्री वाग्ले सहभागी हुँदै, समसामयिक आर्थिक विषयमा छलफल हुने

काठमाडौँ – संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा

सेनाबाट च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण

सङ्खुवासभा– सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ–घोङ्गप्पा सडक निर्माण सम्पन्न भएको छ

स्कटल्यान्डविरुद्ध ओपन कुशल भुर्तेल आउट : विनोद र अर्जुनलाई निरन्तर अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले

विजयले तमिलनाडुको राजनीतिमा कसरी उथलपुथल ल्याइदिए ?

काठमाडौं- दक्षिण भारतको राजनीति र फिल्म उद्योगबीचको सम्बन्ध निकै पुरानो