युनिलिभरले मनायो अन्तर्राष्ट्रिय महिला दिवस | Khabarhub Khabarhub

युनिलिभरले मनायो अन्तर्राष्ट्रिय महिला दिवस


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युनिलिभर नेपालले लिमिटेड (यूएनएल) ११२ औंँ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।

महिलाहरूका अमूल्य उपलब्धि तथा हालसम्म आर्थिक तथा राजनीतिक रूपमा महिलाको योगदान स्मरण गर्दै युनिलिभर नेपालको कर्पोरेट कार्यालयमा यो दिवस मनाइएको हो ।

‘ब्रेक द बायस’ मुख्य विषयवस्तुमा आधारित यो कार्यक्रममा लैङ्गिक पूर्वाग्रह, रुढीवादी धारणा र विभेदमुक्त विविध, समतामुलक र समावेशी कार्यस्थल निर्माण गर्ने विषयमा प्रतिबद्ध जनाइएको थियो ।

आ–आफ्नो क्षेत्रमा अग्रणी मार्गदर्शक रहेका तीन महिलाहरू वर्षा श्रेष्ठ– बिजनेस हेड, इक्रा नेपाल तथा नेपाली बैंकिङ्ग क्षेत्रकै पहिलो महिला महाप्रबन्धक, उपासन पौडेल–सीईओ, युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड र भावना घिमिरे–निर्देशक, ब्याट एन्ड बल फाउन्डेसन तथा क्रिकेट एसोसिएसन अफ नेपालका पूर्व तथा प्रथम सीईओ उपस्थित थिए ।

कार्यक्रममा युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले दैनिक जीवनमा महिलाको केन्द्रीयता र नेतृत्वको महत्वलाई सम्मान गर्ने सन्देश दिएका थिए ।

त्यस्तै, मुम्बईबाट भर्चुअल रूपमा उपस्थित हिन्दुस्तान लिभर लिमिटेडका मानव संशाधन महाप्रबन्धक माथनराजले लैङ्गिक सन्तुलित कार्यबल सृर्जना गर्न कम्पनीको प्राथमिकताबारे चर्चा गरेका थिए ।

कार्यक्रमको अन्तिम खण्डमा जुम्बा सत्र, फ्ल्यास मोब, उपहार वितरणलगायतका विभिन्न मनोरञ्जनात्मक क्रियाकलापमा सहभागीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  १० : १७ बजे

दश मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न १०

खार्पुनाथ हुम्लाको पहिलो बालश्रममुक्त पालिका घोषणा

अदानचुली – जिल्लाका सात वटा स्थानीय तहमध्ये खापुनाथ गाउँपालिका बालश्रम

झम्क तिमल्सिनाको दोस्रो उपन्यास `विमुक्ति´को लोकार्पण

काठमाडौं- आख्यानकार झम्क तिमल्सिनाको उपन्यास विमुक्ति नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात

महोत्तरीमा बढे सर्पदंशका घटना

महोत्तरी–  असार सुरु भएसँगै पानी पर्न थालेपछि सर्पदंशका घटना बढ्न

आफ्ना आदर्श नेयमारसँग ब्राजिलमा रमाउँदै लामिन यामाल

बार्सिलोना- बार्सिलोनाका किशोर स्टार लामिन यामालले अन्ततः आफ्ना बाल्यकालका ‘आदर्श’