श्रममन्त्री खाडी तथा अफ्रिकी मुलुकको भ्रमणमा « Khabarhub

श्रममन्त्री खाडी तथा अफ्रिकी मुलुकको भ्रमणमा


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ खाडी तथा अफ्रिकी मुलुकको भ्रमणमा गएका छन् ।

मन्त्री श्रेष्ठसहितको टोली यूएई, कतार र सेसेल्सको भ्रमणका लागि सोमबार प्रस्थान गरेको हो ।

श्रमिक नेपालीहरूले वैदेशिक रोजगारका क्रममा भोग्दै आएका समस्या समाधान गर्ने उद्देश्यले श्रेष्ठसहितको टोली यी देशहरूमा जान लागेको हो ।

पर्यटन भिषा लिएर वैदेशिक रोजगारका लागि गएका र त्यहाँ समस्यामा परेकाहरूको समाधान गर्ने भ्रमणको मुख्य उद्देश्य रहेको छ ।

मन्त्री श्रेष्ठले यूएईका मानव संशाधनमन्त्री डा. अव्दुल रहमान अव्दुल मानन अल अवारसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।

मंंगलबार नेपाल–यूएई संयुक्त समितिको बैठकमा पनि सहभागी हुने जनाइएको छ ।

त्यसपछि बुधवार मन्त्री श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासमा नेपालीहरूसँग छलफल गर्ने छन् ।

मन्त्री श्रेष्ठ बिहीबार अफ्रिकी मुलुक गणतन्त्र सिसेल्स प्रस्थान गर्ने कार्यक्रम पनि रहेको छ । नेपाली श्रमिकहरू लैजान सेसल्सबाट प्राप्त द्विपक्षीय श्रम सम्झौताको प्रस्तावमाथि छलफल हुने कार्यक्रम तय भएको छ ।

भ्रमण टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा.थानेश्वर भुषाल, परराष्ट्र मन्त्रालयका उपसचिव प्रकाश अधिकारी र केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी नायव उपरीक्षक रोशन खड्का छन् ।

मन्त्री श्रेष्ठको टोली चैत ८ गते स्वदेश फर्किने छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ११ : ५३ बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर