क्याल्सियमको कमी हुँदा शरीरमा कस्ता लक्षण देखा पर्छ ? « Khabarhub

क्याल्सियमको कमी हुँदा शरीरमा कस्ता लक्षण देखा पर्छ ?


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

सामान्यतः शरीरमा भिटामिन डी र म्याग्नेसियमको कमी हुँदा पनि शरीरले क्याल्सियम राम्ररी ग्रहण गर्न सक्दैन र यसको कमी हुन जान्छ ।

नुन धेरै खाँदा वा फस्फोरस बढी हुने चियो पेयहरु बढी मात्रामा खाँदा पनि यो समस्या देखापर्ने खतरा बढ्छ। त्यसबाहेक, मिर्गौलाको जटिल रोगहरु, थाइराइडडले राम्ररी काम गर्न नसक्दा तथा विभिन्न खालका औषधीहरुको असरको कारण पनि शरीरमा क्याल्सियमको कमी हुन सक्छ ।

शरीरमा क्याल्सियमको कमी हुँदा प्रारम्भिक चरणमा त्यसको कुनै लक्षणहरु नदेखिन पनि सक्छ । तर क्याल्सियमको कमी हुँदा शरीरमा विभिन्न खालका समस्याहरु र लक्षणहरु देखापर्न सक्छ, जुन देखापर्यो भने समस्याको पहिचान गर्न अनि त्यसको उचित उपचार गर्नको लागि तुरुन्तै स्वास्थ्य परीक्षण गराउनु पर्छ ।

शरीरमा क्याल्सियमको कमी हुँदा निम्न लक्षण देखापर्छ ।
– मासुहरु दुख्ने
– अंग बाउँडिने
– मासुहरु फरफराउने
– हिँडडुल गर्दा विशेष गरी तिघ्रा र पाखुराहरू दुख्ने

क्याल्सियमको कमी बढी हुँदै जाँदा हात, खुट्टा, पाखुरा र मुख वरिपरि झम्झमाउने, बोधो हुने, फरफराउने जस्ता समस्याहरु पनि देखापर्न सक्छ । यी लक्षणले शरीरमा क्याल्सियमको कमी भएको कुराको संकेत गरिरहेको हुन सक्छ । तसर्थ तत्काल यसको उपचार गराउनु पर्ने हुन्छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ७ : १६ बजे

बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक

नेपालगञ्ज– कानुनी विवादमा परेका बालबालिकालाई दण्ड होइन,  सुधार, शिक्षा, सीप

एमाले सांसदको आरोप- सरकार अलोकतान्त्रिक र अधिनायकवादी चिन्तनबाट अगाडि बढ्यो

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकार अलोकतान्त्रिक र

तनहुँका दुई स्थानीय तहको बजेट पारित

दमौली– बन्दीपुर र म्याग्दे गाउँपालिकाले गाउँसभाबाट आर्थिक वर्ष (आव) २०८३-८४

‘पुराना पुस्ताको ज्ञान र अनुभव नयाँमा हस्तान्तरण गर्दै मुलुकको विकासमा एकीकृत हुनुपर्छ’

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पुराना पुस्ताको ज्ञान र अनुभव