स्थानीय निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउँने अध्यक्ष ओलीको दाबी « Khabarhub

स्थानीय निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउँने अध्यक्ष ओलीको दाबी


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने बताएका छन् ।

मंगलबार काठमाडौँमा अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई निर्वाचनमा कसैको साहारा आवश्यक नपर्ने र एक्लैले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित हासिल गर्ने बताएका हुन् ।

त्यस्तै ओलीले कम्युनिष्ट नाम राख्दैमा वास्तविक कम्युनिष्ट हुन नसक्ने भन्दै वास्तविक कम्युनिष्ट हुन बिचारमा स्पष्ट हुनुपर्ने जिकिर गरे।

ताजा जनादेशमा जाने कुरालाई प्रतिगमन भन्दै केहि स्वार्थी तत्वहरु लागेको र उनीहरु अहिले पतन भएको ओलीको भनाइ छ । एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनलाई कम्युनिस्ट विरोधी शक्तिको संज्ञा दिँदै परमादेशी र जनादेशी शक्तिबीच लडाई भइरहेको धारणा राखे ।

उनले वर्तमान सरकारका कारण मुलुकको राष्ट्रियता नै खतरामा परेको भन्दै यसका परिवर्तन अपरिहार्य रहेको बताए । उनले हाल उपाध्यक्ष र उप मेयरको भूमिका रहेका महिलालाई अध्यक्ष वा मेयर बनाउन आफु सकारात्मक रहेको तर यस विषयमा अस्वस्थ अभियान नचलाउन सुझाव पनि दिए।

ओलीले महिलाको समान अधिकार र सहभागिताको विषयलाई एमालेले नै अघि बढाएको दाबी गरे । सबै तहमा महिलाको ३३ प्रतिशतको अवधारणा पनि महिला संघले नै ल्याएको उनको भनाइ छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ३ : ५२ बजे

राप्ती नदीमा निर्माणाधीन पुलको ७५ प्रतिशत काम पूरा

नेपालगन्ज– बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन

ग्लोबल आइएमई बैंकद्वारा ‘उद्यमशाला’ कार्यक्रम घोषणा, आवेदन खुला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास तथा लघु,

कास्कीमा रोपाइँ तीव्र, ४७ प्रतिशत रोपाइँ सकियो

लेखनाथ– अघिल्लो वर्षको तुलनामा यस वर्ष एक हप्ताअघि मनसुन सुरु

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

अर्घाखाँची– अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा

टिपरको ठक्करबाट पैदलयात्रुको मृत्यु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज