महिला तथा बालबालिकाको हक प्रभावकारी रूपमा कार्यान्वयन हुुनुपर्छः उपराष्ट्रपति « Khabarhub

महिला तथा बालबालिकाको हक प्रभावकारी रूपमा कार्यान्वयन हुुनुपर्छः उपराष्ट्रपति


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको संविधानले सुनिश्चित गरेको महिला तथा बालबालिकासम्बन्धी हकअधिकारको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग, महिला गैरसरकारी संस्था महासङ्घ (डब्ल्यूएनएफ)‘एभ्री बुमन’ नामक संस्थाले संयुक्त रूपमा आज काठमाडौँमा गरेको दक्षिण एसियाली महिला सम्मेलनमा उपराष्ट्रपति पुनले यस्तो बताएका हुन् ।

उनले महिला सशक्तीकरणको आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नु सबै सरोकारवालाको चासोको विषय हुनुपर्ने र संविधानले सुनिश्चित गरेको अधिकारको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए ।

उपराष्ट्रपति पुनले राज्यका विभिन्न निकायमा महिलाको पहुँच र सहभागिता बढ्दै जानु गणतन्त्रको उपलब्धि भएको पनि बताए ।

विश्वव्यापी रूपमा पछिलो समय बढ्दै गएको महिला हिंसा न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताए । उनले महिला अधिकार स्थापित गर्न निरन्तर अनुगमन र सरकारलाई आवश्यक सुझाव दिँदै आएको जानकारी दिए ।

महिला हिंसाविरुद्धको आवाजलाई विश्वव्यापी रूपमा उठाउँदै हिंसा अन्त्यका लागि ऐक्यबद्धता जनाउन दुईदिने दक्षिण एसियाली सम्मेलन सुरु भएको हो । सम्मेलनमा महिला अधिकारकर्मी, लेखक, मानवअधिकारकर्मी गरी विभिन्न देशका करिब सय जना सहभागी छन् ।

 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ४ : ३६ बजे

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच

शिक्षकको तलब भत्ताबारे अफवाह फैलाइयो : शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षकहरूको प्रोत्साहन

स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध

पर्सा – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यहाँस्थित नारायणी अस्पतालको

पिआर लिएका दुई नापी अधिकृतलाई कारबाही सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ

चितवन – चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु कालो सालकको अखेटोपहार