जातीय विभेद हुने गरी फेसबुकमा लेख्नेलाई दुई महिना कैद सजाय « Khabarhub

जातीय विभेद हुने गरी फेसबुकमा लेख्नेलाई दुई महिना कैद सजाय


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उच्च अदालत दिपायल, राजपुरले जातीय विभेद हुने गरी फेसबुकमा लेख्नेलाई दुई महिना कैद सजाय सुनाएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडलाई जातीय विभेद हुने गरी सामाजिक सञ्जालमा लेख्ने एक व्यक्तिलाई दुई महिना कैद सजाय र रु २० जरिवाना सुनाएको हो  ।

 कैलाली बोराडाँडीका ओमप्रकाश पाण्डेले सामाजिक सञ्जालमार्फत जातीय विभेद हुने गरी अभिव्यक्ति दिएको भन्दै उनलाई उच्च अदालतले दुई महिना कैद र रु २० हजार जरिवाना हुने गरी सजाय सुनाएको थियो ।  

उच्च अदालत दिपायलका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सागर विष्टको संयुक्त इजलासले प्रतिवादीले अदालतसमक्ष गल्ती महसुस गरेको अवस्थालाई ध्यान दिँदै न्यूनतम सजाय गर्दा न्यायको उद्धेय  पूरा हुने हुँदा उक्त सजाय गरेको उच्च अदालत दिपायल राजपुरका सूचना अधिकारी नरबहादुर नेगीले जानकारी दिए ।

 पाण्डेले विसं २०७७ वैशाख २७ गते आफ्नो फेसबुक पेजमा  धनगढी उपमहानगरपालिकाका प्रमुख वडलाई लक्षित गर्दै जातीय विभेद हुने गरी लेखेको विषयमा उजुरी परेको थियो ।

तत्कालीन समयमा पतिराम सोव सहित चार जनाले पाण्डे विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएका थिए । सोही मुद्दामा कैलाली जिल्ला अदालतले वि सं २०७७ मङ्सिर ३० गते प्रतिवादी पाण्डेलाई रु ५०० जरिवाना गराएको थियो । उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसला उल्टाउँदै प्रतिवादीलाई दुई महिना कैद र रु २० हजार जरिवाना सहितको सजाय सुनाएको हो ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ६ : ५५ बजे

काठमाडौँ–२ मा रास्वपाका केसीको अग्रता

काठमाडौँ– काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले

धनुषा–३ मा मनिष झाको प्रारम्भिक अग्रता

धनुषा– बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ

काठमाडौँ- ९ मा रास्वपाका डिपी अर्याल १३ सय मतले अगाडि

काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ–९

दाङ–१ मा पनि रास्वपा अगाडि

देउखुरी– दाङ निर्वाचन क्षेत्र नम्बर १ मा पनि राष्ट्रिय स्वतन्त्र

काठमाडौँ– १० मा रास्वपा अगाडि

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १०