यु १८ महिला साफ च्याम्पियनसिप : भारतसँग नेपाल पराजित « Khabarhub

यु १८ महिला साफ च्याम्पियनसिप : भारतसँग नेपाल पराजित


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यू-१८ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक भारतविरुद्ध ७–० अन्तरले पराजित भएको छ ।

जम्सेदपुरमा सम्पन्न खेलमा भारतले १४औं मिनेटमा सुजिस पोट्टेकाटले गरेको गोलबाट अग्रता बनाएको थियो । त्यसको तीन मिनेटपछि घरेलु टोलीकी लिन्डा कमले अग्रता दोब्बर पारिन् । त्यस्तै, ३५औं मिनेटमा लिन्डाले नै गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाइन् ।

पहिलो हाफमा ३–० ले अघि रहेको भारतले दोस्रो हाफमा चार गोल थप्दै च्याम्पियनसिपमा सानदार सुरुआत गर्यो । अपुर्ना नार्जारीले ६८औं मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रतालाई अझ फराकिलो पारिन् । नार्जारी खेलको ५३औं मिनेटमा लिन्डा कमको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।

यस्तै, ७६औं मिनेटमा भारतकी पुर्णिमा कुमारीले पाँचौ र खेल सकिन चार मिनेट बाँकी रहँदा सुनिता मुन्डाले छैटौं गोल गरिन् । खेलको इन्जुरी समयमा नितु लिन्डाले भारतका लागि सातौं गोल गर्दै घरेलु टोलीको सानदार जित निश्चित गरिन् ।

खेलभर रक्षात्मक बनेको नेपालले एउटा पनि गतिलो आक्रमण बनाउँन सकेन । डबल राउन्ड रोविन लिग पद्दतीमा सञ्चालन भइरहेको प्रतियोगितामा आयोजक भारतसहित नेपाल र बंगलादेश सहभागी छन् ।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा भक्तराज लावत छन् भने कप्तानीको जिम्मेवारी प्रिती राईलाई सुम्पिएको छ ।

दोस्रो खेलमा चैत तीन गते नेपालले बंगलादेशसँग खेल्नेछ । यस्तै, पाँच गते भारत र ६ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । साफ यु १८ महिला च्याम्पियनसिपको तालिकामा सर्वाधिक अंक जोड्ने टोली च्याम्पियन बन्नेछ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ६ : १३ बजे

शुक्रबार सबै सरकारी अस्पतालमा ओपिडी सेवा सञ्चालन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा

टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’

काठमाडौं– टोखा नगरपालिकाले सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’ सञ्चालन

देशका अधिकांश भागमा वर्षाको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक

आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

अहमदाबाद – गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को ४२औँ

सीमा सुरक्षादेखि ‘डिजिटल’ रूपान्तरणमा सशस्त्र प्रहरी

काठमाडौं– मुलुकको शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजस्व चुहावट