घ्युकुमारी सेवन र प्रयोगका लाभै लाभ « Khabarhub

घ्युकुमारी सेवन र प्रयोगका लाभै लाभ


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रायजसो सबैको घरमा सजिलै पाइने घ्युकुमारी एक जडीबुटी हो । यसलाई आयुर्वेदिक औषधीका रूपमा लिइन्छ । यो स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ ।

घ्युकुमारी विभिन्न रोगहरूका लागि औषधीको रूपमा काम गर्छ । घ्युकुमारी सेवन गर्नु मानव स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । यसको सेवन गर्दा हुने लाभहरू निम्न छन् ।

– दैनिक रूपमा घ्युकुमारी सेवन गर्दा यसले समग्र शरीर र आन्द्रामा जम्मा भएका विषाक्त पदार्थलाई हटाउँछ ।

– घ्युकुमारीको जुस खाँदा रक्तसञ्चार सुचारु हुन्छ र कोलेस्ट्रोलको समस्या बढ्न पाउँदैन ।

– शरीरका कोष तथा कोशिका बिग्रिएको भए यसको जुसले पूर्ववत् अवस्थामा ल्याउँछ ।

– घ्युकुमारी पानीमा मिसाएर खाँदा कब्जियत र दिसा नलाग्ने समस्याबाट मुक्ति पाइन्छ ।

– अपच हुने र ग्याँस फर्मेसनका कारण पेट र छाती दुखेमा घ्युकुमारी खाँदा ठिक हुन्छ ।

– यसको जुसले शरीरमा चिनीको मात्रा सन्तुलित गर्छ ।

– घ्युकुमारीको सेवनले गर्भाशयको रोग, पेटको खराबी, त्वचाको समस्याका साथै आँखाको घेराको कालो भाग हटाउन तथा शरीरमा रगतको कमी हुनबाट बचाउँछ ।

– यसको दैनिक सेवनले अनुहारको सौन्दर्य बढाउनुका साथै कपाल पनि बलियो बनाउँछ ।

– शरीरको कुनै भाग आगोले पोलेमा, काटेमा यसको रस निकालेर लगाउनाले घाउ निको हुनुका साथै आराम मिल्छ ।

– अनुहार लगायत शरीरको कुनै पनि भागमा गाढा दाग छ भने दिनहुँ घ्युकुमारी लगाउने दाग हराउँदै जान्छ ।

– आँखा वरिपरिको डार्क सर्कल पनि घ्युकुमारी नियमित लगाउनाले हराउँछ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ७ : २० बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका