खैरो हेरोइन कारोबारमा संलग्न १२ जना पक्राउ « Khabarhub

खैरो हेरोइन कारोबारमा संलग्न १२ जना पक्राउ


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  लागूऔषध खैरो हेरोइन कारोबारमा संलग्न १२ व्यक्तिलाई प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ ।

मुलुकका विभिन्न क्षेत्रमा लागूऔषध नियन्त्रण तथा अवैध कारोबारी पक्राउ गर्न ब्युरोबाट परिचालित टोलीले उपत्यकाका लगायत विभिन्न क्षेत्रबाट खैरो हेरोइन सहित उनीहरूलाई पक्राउ गरेको हो ।

उपत्यकामा लागूऔषधको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १९१/७१० ग्राम खैरो हेरोइन बरामद गरिएको ब्युरोद्वारा जारी सूचनामा उल्लेख छ ।

पक्राउ पर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका विक्रम नगरकोटी, सोही ठाउँ बस्ने रोजन बस्नेत, माधवप्रसाद दाहाल छन् ।

यस्तै नगरकोटीसँग लागूऔषध कारोबारमा संलग्न रहेको खुलेपछि काभ्रेका देवीसिंह तामाङलाई १७० मिलिग्राम खैरो हेरोइन सहित भक्तपुर चाँगुनारायणबाट पक्राउ गरेको जनाइएको छ ।

त्यस्तै मोरङको बेलबारीकी कविता गुरुङ र काभ्रेपलान्चोकका मिलन लामा पनि पक्राउ परेका छन् । गुरुङलाई लागूऔषध उपलब्ध गराउने सुनसरीका मिथुनकुमार याद र सोही ठाउँका प्रमोदकुमार सरदारलाई पनि पक्राउ गरिएको छ ।

यस्तै सिन्धुपाल्चोकका रोमन भण्डारी, दोलखाकी प्रज्ञा कार्की, भारतीय नागरिक मिजाहिद राजा र सिन्धुपाल्चोकका राजेश नेपाललाई काठमाडौँबाट पक्राउ गरिएको छ ।

उनीहरु सबैलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान भइरहेको ब्युरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए । 

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ३ : २१ बजे

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन चिसो

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको