१५ दिने मिथिला मध्यमा परिक्रमाका यात्रीहरू जनकपुरधाम आउँदै « Khabarhub

१५ दिने मिथिला मध्यमा परिक्रमाका यात्रीहरू जनकपुरधाम आउँदै


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मिथिलाञ्चलको सबैभन्दा लामो धार्मिक पदयात्रा १५ दिने मिथिला माध्यमिकी परिक्रमाका यात्रीहरू जनकपुरधाम आउन थालेका छन् ।

परिक्रमामा सहभागी भक्तजनहरूको बिहीबार बिहानैदेखि जनकपुरधाम आउने क्रम जारी छ ।

१४ औँ पडावस्थल बिशौलमा बुधबार विश्राम गरेका यात्रीहरू बिहीबार परिक्रमाको अन्तिम पडावस्थल जनकपुरधाम आउन थालेका हुन् ।

साँझसम्म सबै भक्तजन तथा साधु–सन्तहरू जनकपुरधाम आइपुग्ने छन् ।

राति विश्राम गर्ने र शुक्रबार बिहानै अन्तरगृह अर्थात् पञ्चकोशी परिक्रमा गरेपछि १५ दिने मिथिला माध्यमिकी परिक्रमा विधिवत् रूपमा सम्पन्न हुनेछ ।

शुक्रबार हुने अन्तरगृह परिक्रमामा भक्तजनका साथै जनकपुरधामलगायत विभिन्न स्थानका हजारौंँ सर्वसाधारण सहभागी हुने छन् ।  

फागुन शुक्ल पक्ष प्रतिपदाबाट सुरु भएको परिक्रमा पूर्णिमाका दिन अन्तरगृह परिक्रमा गरेपछि सम्पन्न हुने गर्छ ।

अन्तिम दिन जनकपुरधामको पञ्चकोशी अन्तगृह परिक्रमा नगरेको खण्डमा १५ दिनको परिक्रमाको फल प्राप्त नहुने जनविश्वासका साथ अनिवार्य रूपमा तीर्थ यात्रीहरू सहभागी हुने गर्छन् ।

फागुन १९ गते धनुषाको मिथिला बिहारी नगरपालिकास्थित मिथिला बिहारी मन्दिरबाट भगवानको डोलासहित परिक्रमाको सुरुवात भएको थियो ।

१५ दिनसम्म भगवान राम र किशोरीको डोलासँगै भक्तजनले नेपालको १ सय ७ किलोमिटर र भारतको २३ किलोमिटरसहित करिब १ सय ३० किलोमिटरको यात्रा तय गर्छन् ।


प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ३ : ४८ बजे

किशोर श्रेष्ठ पक्राउ र जनआस्थामा प्रहरीको छापाबारे बोल्यो प्रेस काउन्सिल

काठमाडौं- प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका

पुटिनको कुरिल भ्रमणमा जापानको आपत्ति

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापानले आफ्नो भूभाग दाबी गर्दै

बाजुरा बाढीपहिरोको उच्च जोखिममा

बाजुरा– बाजुरा जिल्ला पहिरोको उच्च जोखिममा परेको छ । भिरालो भूभाग,

अक्षय-सैफको ‘हैवान’को टिजर सार्वजनिक, को हिरो र को ‘हैवान’?

काठमाडौं- बलिउडका चर्चित अभिनेता अक्षय कुमार र सैफ अली खान

राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने ग्याँसको अभावमा नागरिकले खाना खानै