प्रदेश दुई–नीति तथा कार्यक्रमप्रति सत्तापक्षकै सांसदको असन्तुष्टि | Khabarhub Khabarhub

प्रदेश दुई–नीति तथा कार्यक्रमप्रति सत्तापक्षकै सांसदको असन्तुष्टि


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रदेश नं २ सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रमप्रति सत्तारुढ दल राष्ट्रिय जनता पार्टी (राजपा)कै प्रदेशसभा सदस्यले असन्तुष्टि जनाएका छन् ।

प्रदेश सरकारको नीति तथा कार्यक्रमप्रति आपत्ति जनाउँदै त्यसविरुद्ध संशोधन प्रस्ताव दर्ता गराउने चेतावनीसमेत उनीहरुले दिएका छन् ।राजपाका महासचिव तथा प्रदेशसभा सदस्य मनिषकुमार सुमनले देश धर्मनिरपेक्ष भइसकेको अवस्थामा प्रदेश सरकारले मठमन्दिरसहितका पर्यटकीय क्षेत्रलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिएर हिन्दूवादी चरित्र प्रस्तुत गरेको आरोप लगाए ।

नीति तथा कार्यक्रममा प्रदेशका प्रमुख कुरासमेत छुटेकाले ती सबैलाई समेट्न सुझावसहितको संशोधन प्रस्ताव दर्ता गराउने उनले बताए ।

कृषि प्रधान प्रदेश बनाउने भनिए पनि सिँचाइका लागि ठोस योजना नल्याएको गुनासो गर्दै राजपाका प्रदेशसभा सदस्य बिक्की यादवले नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषिलगायत सबै क्षेत्रको अवस्था नाजुक रुपमा राखिएको आरोप लगाए ।

धेरै योजना ल्याएर प्रदेश कहिल्यै बन्न नसक्ने जिकिर गर्दै उनले किसानको उत्पादन बढाउने, रोजगारी सिर्जना गर्न उघु उद्योग स्थापनाका लागि विशेष नीति लिन र किसानले उत्पादन गरेका वस्तु प्रदेश सरकारले खरीद गर्ने खालको विशेष योजना ल्याउन सुझाव दिए ।

गोलमटोल तरिकाले बजेट ल्याउने र आफ्नो पकेटको मान्छे पाल्ने काम मात्र सरकारका मन्त्रीले गर्न खोजेको आरोप लगाउँदै उनले नाराले मात्र प्रदेश समृद्ध बन्न नसक्ने र थोरै भए पनि विशेष योजनासहितको नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ४ : ०७ बजे

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य

बझाङमा कांग्रेसको अग्रता कायमै : एमाले २८४ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

बजेट नहुँदा एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

गोरखा– भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५,

६ सय परिवारका लागि लिफ्ट आयोजना

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण