एक्कासी बन्दुक पड्किएपछि युएफसीका पहलवानले बन्दुकधारीलाई नियन्त्रणमा लिए « Khabarhub

एक्कासी बन्दुक पड्किएपछि युएफसीका पहलवानले बन्दुकधारीलाई नियन्त्रणमा लिए


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अङ्ग्रेजीमा एउटा उखान छ, ‘बन्दुकको लडाइमा चक्कु ल्याउनु’ । अर्थात् कुनै तयारीबिना चुनौतीको सामना गर्न अघि सर्नु । तर अमेरिकामा भने एकजना निहत्था पहलवानले नै बन्दुकधारीलाई नियन्त्रणमा लिन सफल भएका छन् ।

अमेरिकामा टेक्सास राज्यको ह्युस्टन शहरस्थित एक सुसी रेष्टुरेन्टमा भोजन गरिरहेका युएफसीका पहलवान केभिन होल्याण्डले बन्दुकधारीलाई नियन्त्रणमा लिएका हुन् । अल्टिमेट फाइटिङ च्यालेन्ज युएफसीले अमेरिकामा मिक्स मार्शल आट्र्स खेलाउँछ ।

होल्याण्डले केपीआरसी टेलिभिजनलाई बताएअनुसार ‘रा सुसी रेष्टुरेन्ट’ मा भोजन गरिरहेका बेला एक्कासी केही पड्किएको जस्तो आवाज आएको थियो । ‘मलाई लाग्यो कसैले स्याम्पेनको बोतल उघारेको होला, किनकी त्यहाँ जन्मदिनको पार्टी आयोजना भइरहेको थियो ।’ उनले भने, ‘त्यसपछि थाहा पाएँ, त्यो त स्याम्पेन होइन रहेछ, फर्केर हेर्दा मानिसहरूको भागदौड देखेँ ।’

सोही ठाउँमा अर्को मानिसले बन्दुकधारीसँग बन्दुक खोस्न लागिरहेको देखेपछि आफू गएर सहयोग गरेको उनले बताए । ‘मैले उसको बन्दुक समातेर भुईँतिर तेर्स्याएँ । तर हामी त माथिल्लो तल्लामा थियौँ त्यसैले भुईँतिर बन्दुक तेर्स्याउनु हुन्न भनेर फेरि माथितिर तेर्स्याएँ ।’ उनले सुनाए ।

‘त्यसपछि बन्दुकधारीको नाडीमा हिर्काएर बन्दुक खोस्न सफल भएँ ।’ उनले भने । अनि बल्ल बन्दुकधारीलाई पछाडिबाट ङ्याकेर नियन्त्रणमा लिन सफल भएको उनको भनाइ छ ।

२९ वर्षे पहलवान होल्याण्डले हालसम्म युएफसीमा हालसम्म २२ खेलमा जीत र ७ खेलमा हार व्यहोरेका छन् ।

ह्युस्टन शहरको प्रहरीले भने साक्षीको पहिचान गोप्य राख्ने प्रावधानका कारण होल्याण्डको दाबी पुष्टि गरेको छैन । यद्यपि सोही सुसी रेष्टुरेन्टबाट २४ वर्षे संदिग्धलाई मानिसहरुले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको भने पुष्टि गरेको छ ।

घटनामा कुनै मानवीय क्षति भने नभएको र अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  १ : ४६ बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध