एक्कासी बन्दुक पड्किएपछि युएफसीका पहलवानले बन्दुकधारीलाई नियन्त्रणमा लिए | Khabarhub Khabarhub

एक्कासी बन्दुक पड्किएपछि युएफसीका पहलवानले बन्दुकधारीलाई नियन्त्रणमा लिए


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अङ्ग्रेजीमा एउटा उखान छ, ‘बन्दुकको लडाइमा चक्कु ल्याउनु’ । अर्थात् कुनै तयारीबिना चुनौतीको सामना गर्न अघि सर्नु । तर अमेरिकामा भने एकजना निहत्था पहलवानले नै बन्दुकधारीलाई नियन्त्रणमा लिन सफल भएका छन् ।

अमेरिकामा टेक्सास राज्यको ह्युस्टन शहरस्थित एक सुसी रेष्टुरेन्टमा भोजन गरिरहेका युएफसीका पहलवान केभिन होल्याण्डले बन्दुकधारीलाई नियन्त्रणमा लिएका हुन् । अल्टिमेट फाइटिङ च्यालेन्ज युएफसीले अमेरिकामा मिक्स मार्शल आट्र्स खेलाउँछ ।

होल्याण्डले केपीआरसी टेलिभिजनलाई बताएअनुसार ‘रा सुसी रेष्टुरेन्ट’ मा भोजन गरिरहेका बेला एक्कासी केही पड्किएको जस्तो आवाज आएको थियो । ‘मलाई लाग्यो कसैले स्याम्पेनको बोतल उघारेको होला, किनकी त्यहाँ जन्मदिनको पार्टी आयोजना भइरहेको थियो ।’ उनले भने, ‘त्यसपछि थाहा पाएँ, त्यो त स्याम्पेन होइन रहेछ, फर्केर हेर्दा मानिसहरूको भागदौड देखेँ ।’

सोही ठाउँमा अर्को मानिसले बन्दुकधारीसँग बन्दुक खोस्न लागिरहेको देखेपछि आफू गएर सहयोग गरेको उनले बताए । ‘मैले उसको बन्दुक समातेर भुईँतिर तेर्स्याएँ । तर हामी त माथिल्लो तल्लामा थियौँ त्यसैले भुईँतिर बन्दुक तेर्स्याउनु हुन्न भनेर फेरि माथितिर तेर्स्याएँ ।’ उनले सुनाए ।

‘त्यसपछि बन्दुकधारीको नाडीमा हिर्काएर बन्दुक खोस्न सफल भएँ ।’ उनले भने । अनि बल्ल बन्दुकधारीलाई पछाडिबाट ङ्याकेर नियन्त्रणमा लिन सफल भएको उनको भनाइ छ ।

२९ वर्षे पहलवान होल्याण्डले हालसम्म युएफसीमा हालसम्म २२ खेलमा जीत र ७ खेलमा हार व्यहोरेका छन् ।

ह्युस्टन शहरको प्रहरीले भने साक्षीको पहिचान गोप्य राख्ने प्रावधानका कारण होल्याण्डको दाबी पुष्टि गरेको छैन । यद्यपि सोही सुसी रेष्टुरेन्टबाट २४ वर्षे संदिग्धलाई मानिसहरुले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको भने पुष्टि गरेको छ ।

घटनामा कुनै मानवीय क्षति भने नभएको र अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  १ : ४६ बजे

जङ्गली जनावरको आक्रमण बढेपछि स्थानीय आतङ्कित

राँझा– राप्तीसोनारी क्षेत्रमा जङ्गली जनावरको आक्रमण बढ्न थालेपछि स्थानीयवासी आतङ्कित भएका

एघार भारतीयसहित १३९ कैदीबन्दी फर्किएनन्

चितवन– जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये ११ भारतीय नागरिकसहित १३९ जना

फिल्म ‘परान’ प्रचारका लागि ‘मेरो परान’ प्रतियोगिता, एक लाख जित्ने अवसर

काठमाडौं – कात्तिक १४ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परान’ले

ट्रम्पद्वारा क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि घोषणा

अमेरिका– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानाडाली सामानहरूमा थप १०

दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञद्वारा सेवा सुरु

दार्चुला– दार्चुलामा पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टरहरुबाट सेवा दिन थालिएको