डायलग याद गर्ने आमिरको टेक्निक « Khabarhub

डायलग याद गर्ने आमिरको टेक्निक


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडमा आमिर खानलाई मिस्टर पर्फेक्टनिस्ट पनि भनिन्छ । किनकी उनले अधिकाँस काम पर्फेक्ट नै गर्ने गरेका छन् । पछिल्लो रिलिज फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मा आफ्नो क्यारेक्टर र फिल्मलाई बचाउन नसके पनि उनको चर्चा घटेको छैन । 

मिस्टर खानले गत दस वर्षमा केवल तिन फिल्ममा आफुलाई सफल बनाउन सकेनन् । ति हुन्, धोबिघाट, तलास र ठग्स अफ हिन्दोस्तान । यिनै आमिर आफ्नो क्यारेक्टरलाई भने निकै ध्यान दिने गर्छन् । आउँदो फिल्म ’लाल सिंह चड्डा’ को रिलिजको तयारीमा व्यस्त रहेका आमिरले उनले आफ्नो भूमिका मात्र होइन डाइलग पनि याद गर्छन्। तर कसरी ?

एक अन्तर्वार्ताको क्रममा उनले यसको रहस्य खोलेका छन् । उनले साइन गरेको फिल्मको स्क्रिप्ट लिन्छन् र त्यसलाई आफैँले अर्को पानामा सार्छन्। उनले आफ्नै हातले अर्को पानामा स्क्रिप्ट सार्ने क्रममा उनलाई आफ्नो सिन मात्र होइन डायलग पनि कण्ठ नै हुन्छ । आफुले यस्तो गर्ने गरेको धेरै वर्ष भैसकेको बताउने आमिर ’लाल सिंह चड्डा’ मार्फत निकै आशावादी छन् । 

हलिउड फिल्म ’फरेस्ट गम्प’ को रिमेक गरेका आमिरले अभिनेता टम ह्यांक्सलाई फिल्म देखाउने तयारी गरिरहेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ८ : ०० बजे

सरकारसँग सुस्मिताको गुहार : मेरो नागरिकता फिर्ता दिएर गरिखान देऊ

उर्लाबारी, मोरङ – ‘मेरो आफ्नै सक्कली नागरिकता हातमा भइदिएको भए

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

काठमाडौं– सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित