‘नो सरेन्डर’: तीन दशकसम्म एक्लै युद्ध लड्ने ‘हिरो’ | Khabarhub Khabarhub

‘नो सरेन्डर’: तीन दशकसम्म एक्लै युद्ध लड्ने ‘हिरो’



काठमाडौं। दोश्रो विश्वयुद्धका एक यस्ता योद्धा जसले तीन दशकसम्म एक्लै युद्ध मोर्चा सम्हाले। युद्ध त समाप्त भइसकेको थियो। तर, सूचनाको अभाव र असझदारीका कारण उनले वर्षौंसम्म जंगलमा आत्मसमर्पण नगरी बिताए।

यो कथा हो, जापानको ‘इम्पीरियल आर्मी’का जवान हिरो ओनोडाको। आफ्नो आत्मवृत्तान्त ‘नो सरेन्डर, माइ थर्टी इयर्स वार’मा ओनोडाले तीस वर्षसम्म एक्लै युद्ध मोर्चामा रहँदाका रोचक, मर्मस्पर्शी र भावुक बयान गरेका छन्। अब उनको कथामा आधारित चलचित्र ‘ओनोडा’ पनि बनिसकेको छ।

आज मार्च १९। ओनोडाको जन्म दिन। जापानमा अहिले पनि ओनोडालाई साहस, कर्तव्य, आदेश पालना र कटिबद्धताको उदाहरणीय पात्रका रुपमा सम्झिने गरिन्छ।

सन् १९२२ मार्च १९ मा जन्मिएका हिरो ओनोडा १८ वर्षको उमेरमै जापान इम्पिरियल आर्मीमा भर्ती भएका थिए। बढुवा हुँदै जाँदा उनी इन्टेलिजेन्स अफिसर भए। यसक्रममा उनको तालिम नाकाना स्कुल एकेडमीमा भयो। उनले तालिमका क्रममा गुरिल्ला युद्ध लड्ने र विकट परिस्थितिमा जीवित रहने कला सिके।

दोश्रो विश्व युद्धका क्रममा सन् १९४४ डिसेम्बर २६ मा हिरो र उनका केही साथीलाई फिलिपिन्सको लुबाङ टापुमा छाडियो। अमेरिकी सेना त्यो टापुमा कुनै पनि बेला आउनसक्थे, जोसँग लडन हिरोसहितको टुकडी त्यहाँ तैनाथ गरिदै थियो।

आज मार्च १९। ओनोडाको जन्म दिन। जापानमा अहिले पनि ओनोडालाई साहस, कर्तव्य, आदेश पालना र कटिबद्धताको उदाहरणीय पात्रका रुपमा सम्झिने गरिन्छ।

लुबाङ टापुमा अवतरण गर्नुअघि हिरोका सैनिक कमाण्डरले भने, ‘मलाई थाहा छ तपाईंमध्ये कोही पनि आत्मसमर्पण गर्नु हुनेछैन। तर, तपाईंहरु आत्महत्या पनि नगर्नुहोला। हामी तपाईंलाई लिन आउनेछौं। त्यो दश दिनपछि पनि हुनसक्छ, एक वर्ष या पाँच वर्षपछि पनि हुनसक्छ, हामी आउनेछौं। त्यतिबेलासम्म तपाईंहरुले युद्धरत हुनुपर्नेछ, लुकेर बस्नुपर्नेछ र सूचना संकलन गर्नुपर्नेछ।’

टापुमा अवतरण गर्नासाथ हिरो ओनोडालगायतका सेना पहिलेदेखि नै त्यहाँ बंकर बनाएर बसेका जापानी सेनाको अर्को टुकडीमा गएर मिसिए। आशंका गरे अनुसार केही दिनपछि अमेरीकी आर्मीले जापानी सेनामाथि आक्रमण गर्यो। चार दिनसम्म चलेको युद्धमा हिरो र उनका साथीहरु अमेरिकन आर्मीसँग जमेरै लडे। तर, आफ्नो अवस्था कमजोर देखेपछि उनीहरु तीन-चार जना सैनिकको सानो समूहमा बाँडिए। किनकी, कमाण्डरको आदेश थियो, न आत्मसमर्पण, न आत्महत्या।

चार दिनसम्म चलेको युद्धमा हिरो र उनका साथीहरु अमेरिकन आर्मीसँग जमेरै लडे। तर, आफ्नो अवस्था कमजोर देखेपछि उनीहरु तीन-चार जना सैनिकको सानो समूहमा बाँडिए। किनकी, कमाण्डरको आदेश थियो, न आत्मसमर्पण, न आत्महत्या।

हिरो आफ्ना चार सैनिकको समूहमा सबैभन्दा वरिष्ठ थिए। उनको समूहका अन्य तीन सैनिकमा किंशिची कोजुका, यूची अकाटसू र शोइची शिमाडा थिए। केही महिनापछि हिरोशिमा र नागासाकीमा परमाणु बम खसाइयो। त्यसपछि सन् १९४५ अगस्त १५ मा जापानले आत्मसमर्पणको प्रस्ताव राख्यो। सोही वर्ष सेप्टेम्बर २ मा आधिकारीक रुपमा जापानले आत्मसमर्पण गरेपछि दोश्रो विश्वयुद्ध समाप्त भयो।

युद्धपछि हिरोको युद्ध
त्यो कुनै इन्टरनेट र स्मार्टफोनको जमाना थिएन। टेलिभिजनको के कुरा रेडियोसमेत एकाध मानिससँग हुन्थ्यो। हिरो र उनका साथी फँसेको ठाउँ एउटा गरीब देशको जंगली क्षेत्र थियो। युद्धविरामको खबर ती सैनिकसम्म पुग्न सहज थिएन। त्यसमाथि भर्खर युद्धमा हारेको जापानका लागि धेरै काम गर्नुपर्ने थियो। ध्वस्त हिरोशिमा र नागासाकीको कोलाहल र बेदना, कमजोर आर्थिक अवस्था र अन्य धेरै समस्याको चाङका कारण जंगलमा फँसेका हिरोको सैनिक टोलीसम्म सूचना पठाउनु जापानको तत्कालको प्राथमिकतामा नपर्नु स्वभाविकै थियो।

युद्धविराम भइसकेको थियो, तर सूचनाको अभावमा यता हिरो र उनका साथीहरु युद्ध लडिरहेकै थिए। आफूहरुलाई फिर्ता लैजान जापानी सेनाबाट कोही आउने आशमा उनीहरुले मोर्चा सम्हाल्न छाडेनन्। उनीहरुले आत्मसमर्पण गरेनन्।

विश्वले ती चार सैनिकलाई बिर्सिसकेको भने थिएन। जब उनीहरु त्यहाँ भएको पत्तो लाग्यो, स्थानीय प्रहरीदेखि फिलिपिन्स र जापानका सेनासम्मले जंगलमा कयौं सर्च अपरेशन चलाए। तर, हिरो र उनका साथीहरु चाहिँ दुश्मनका सेना आएको ठान्दै जंगलको झन घना क्षेत्रमा गए। कोही उनीहरुलाई मनाउन गएको खण्डमा दुश्मनको जासुस ठान्दै उसलाई मारिदिन्थे।

युद्धविराम भइसकेको थियो, तर सूचनाको अभावमा यता हिरो र उनका साथीहरु युद्ध लडिरहेकै थिए। आफूहरुलाई फिर्ता लैजान जापानी सेनाबाट कोही आउने आशमा उनीहरुले मोर्चा सम्हाल्न छाडेनन्। उनीहरुले आत्मसमर्पण गरेनन्।

एकपटक आकाशबाट जहाजले एउटा पम्पलेट फाल्यो, जसमा लेखिएको थियो, ‘१५ अगस्तमै युद्ध समाप्त भइसकेको छ, तपाईंहरु पहाडबाट तल झर्नुस्।’

हिरो र उनका साथीहरुलाई लाग्यो, यो पक्कै शत्रुको चालबाजी हो। केही समयपछि ती सेनाका परिवारले लेखेको चिठी र उनीहरुको तस्बिर पनि तल फालियो, तैपनि हिरोले पत्याएनन्।

सन् १९५९ मा एक पटक हिरो ओनोडाका भाइले आत्मसमर्पणका लागि आग्रह गरेको सन्देश पनि उनीहरुसम्म पुर्याइयो। तर, ती चार सैनिकलाई अब कसैप्रति विश्वास थिएन। अविश्वासका अन्य कारण पनि थिए।

उनीहरुले जहाँ आफ्नो बस्ने ठाउँ बनाएका थिए, त्यहाँ फिलिपिन्सको एयर फोर्सको तालिम बेस पनि थियो। त्यहाँबाट विष्फोटका आवाज आइरहन्थे। विष्फोटका आवाजका कारण हिरो र उनका साथीलाई लाग्यो, युद्ध अझै समाप्त भइसकेको छैन।

अर्कोतिर हिरोलगायतका जापानी सैनिक जापानले दोश्रो विश्वयुद्धमा आत्मसमर्पण गरेको सूचना कुनै हालतमा पत्याइरहेका थिएनन्। उनीहरुका लागि जापानले आत्मसमर्पण गर्नु असम्भव थियो।

सन् १९५९ मा एक पटक हिरो ओनोडाका भाइले आत्मसमर्पणका लागि आग्रह गरेको सन्देश पनि उनीहरुसम्म पुर्याइयो। तर, ती चार सैनिकलाई अब कसैप्रति विश्वास थिएन। अविश्वासका अन्य कारण पनि थिए।

त्यसमाथि पुरै सहर बर्बाद गर्ने बम विष्फोटको कल्पना त उनीहरुको दिमागमै थिएन। उनीहरुलाई पठाइएको एउटा पत्रमा ‘हिरो ओनोडा’को ठाउँमा ‘ओनोडा सन’ लेखिएकाले पनि उनीहरुको शंका बढेको थियो, जसले गर्दा त्यही पत्रमा लेखिएको जापानको आत्मसमर्पणसम्बन्धी सूचनाप्रति उनीहरुले विश्वास गरेनन्।

यसरी मारिए तीन साथी
चार जना सैनिक जंगली केरा र नरिवल खाएर बाँचेका थिए। कहिलेकाँही नजिकैको गाउँमा आक्रमण गरेर अन्नवाली लुटेर ल्याउँथे। कहिलेकाँही त गाउँमा त्यसै पनि आक्रमण गरिदिन्थे। किनकी, उनीहरुलाई शत्रु राष्ट्रको सेनासँग लडनु थियो। एक पटक गाउँमा आक्रमणका क्रममा गाउँलेले भने, ‘युद्ध त समाप्त भइसक्यो, तपाईंहरु पनि आत्मसमर्पण गर्नुस्।’

हिरो र उनको सैनिक समूहले गाउँलेको कुरा मानेन। बरु गाउँलेलाई उल्टै शँकाको दृष्टिले हेर्न थाले र आक्रमण झन तीव्र पारे। यस्तै एक आक्रमणका क्रममा हिरोका एक साथी किंशीची कोजुका अन्न जलाउन गाउँमा गएका थिए। उनी प्रहरीको बमबारीको शिकार भएर मारिए। र, यो घटना थियो, दोश्रो विश्व युद्ध समाप्त भएको २७ वर्षपछि सन् १९७२ को खासमा किंशिची कोजुका हिरोसँग बिछोडिने तेश्रा र अन्तिम सैनिक थिए। अन्य दुई साथी पहिला नै बिछोडीइसकेका थिए। सबैभन्दा पहिला यूची अकाटसूले फिलिपिन्स सेना सामु आत्मसमर्पण गरेका थिए। यो सन् १९४९ को कुरा थियो। त्यसपछि बाँकी तीन साथी निकै सचेत भए।

चार जना सैनिक जंगली केरा र नरिवल खाएर बाँचेका थिए। कहिलेकाँही नजिकैको गाउँमा आक्रमण गरेर अन्नवाली लुटेर ल्याउँथे। कहिलेकाँही त गाउँमा त्यसै पनि आक्रमण गरिदिन्थे। किनकी, उनीहरुलाई शत्रु राष्ट्रको सेनासँग लडनु थियो।

केही गाउँलेसँगको भिडन्तका क्रममा अर्का साथी कोपरल शोईची शिमाडाको गोडामा गोली लाग्यो, तर हिरोले उनको शल्यक्रिया गरेर स्वस्थ बनाए। तैपनि शोइची धेरै समयसम्म जीवितै रहन सकेनन्, सन् १९५४ मा प्रहरीको गोली लागेर उनको मृत्यु भयो।

अब हिरो मात्र जंगलमा एक्लै थिए, उही पुरानो भएको र मक्कीसकेको सैनिक पोशाकमा। दशकौं बित्यो। यसक्रममा कयौं पटक उनको गाउँले र स्थानीय प्रहरीसँग सामना भयो। केहीलाई हिरोले मारिदिए। केही प्रहरीबाट भने उनले आफूलाई बचाउन सफल भए। अब भने उनी लुकेर बस्न थाले। उनी गुफामा बस्न थाले, जुन गुफामा शोईची शिमाडाको गोडाबाट गोली निकालेका थिए।

तीस वर्षपछि आत्मसमर्पण
अब घटनाले नयाँ मोड लिन्छ। कलेज छाडेर निस्किएका एक जापानी नागरिक नोरियो सुजुकी विश्व भ्रमणमा निस्किए। उनको उद्देश्य थियो, तीन चिजको खोजी गर्नु–यति (हिम मानव), पान्डा र हिरो ओनोडा।

नोरियाको सूचीमा पहिलो नम्बरमा हिरो नै थिए, जोसँग उनको भेट पनि भयो। धन्न, आफूसँगको भेटमा हिरोले नोरियालाई मारेनन्। तैपनि हिरोले आत्मसमर्पण गर्न मानेनन्। यद्यपि, समयको त्यो कालसम्म पुग्दा हिरोलाई जापानले आत्मसमर्पण गरिसकेको होला भन्न लागिसकेको थियो।

तैपनि हिरोले नोरियासँग शर्त राखे, ‘जापानका कुनै सैनिक अधिकारीले मलाई आदेश दिएको खण्डमा मात्र म आत्मसमर्पण गर्नेछु। किनकी मलाई युद्धमा आउनुअघि अर्को आदेश नभएसम्म आत्मसमर्पण नगर्नू भन्ने आदेश दिइएको थियो। युद्ध जतिसुकै लामो किन नहोस्, हामी एक दिन लिन आउँछौं भनिएको थियो।’

नोरियाको सूचीमा पहिलो नम्बरमा हिरो नै थिए, जोसँग उनको भेट पनि भयो। धन्न, आफूसँगको भेटमा हिरोले नोरियालाई मारेनन्। तैपनि हिरोले आत्मसमर्पण गर्न मानेनन्।

नोरिया जापान फर्किए। हिरोका वरिष्ठ सैनिक अधिकारीको खोजमा लागे। एकजना अधिकारी फेला परे, मेजर तानीगुची। उनी अब सेवा निवृत्त भइसकेका थिए र पुस्तक पसल चलाउँथे। उनी फिलिपिन्स जान तयार भए।

जंगलमा जब हिरोले आफ्ना वरिष्ठ अधिकारीलाई भेटे र सारा घटनाबारे सुने, अनि बल्ल उनी आत्मसमर्पणका लागि तयार भए। त्यसक्रममा उनी निकै रोए। पछि उनले भनेका थिए, ‘३० वर्षसम्म म दिनहुँ आफ्नो राइफल चमकाउँथें। केका लागि ? म अब आफैलाई धिक्कारीरहेको छु। ३० वर्षसम्म म सोचीरहे कि देशका लागि केही गरिरहेको छु। तर, अब लाग्छ कि म कयौं मानिसका लागि चिन्ता र समस्याको कारण बनेको रहेछु।’

आजभन्दा ४७ वर्षपहिले सन् १९७४ मा हिरोले फिलिपिन्सका तात्कालीन राष्ट्रपति फर्निनेन्ड मार्कोस समक्ष आत्मसमर्पण गरे। यो बीचमा हिरोले कम्तीमा ९ जना या बढीमा ३० फिलिपिनी नागरिकको हत्या गरेका थिए, तर राष्ट्रपति फर्डिनेन्डले उनलाई अभय दान दिए।

आजभन्दा ४७ वर्षपहिले सन् १९७४ मा हिरोले फिलिपिन्सका तात्कालीन राष्ट्रपति फर्निनेन्ड मार्कोस समक्ष आत्मसमर्पण गरे। यो बीचमा हिरोले कम्तीमा ९ जना या बढीमा ३० फिलिपिनी नागरिकको हत्या गरेका थिए, तर राष्ट्रपति फर्डिनेन्डले उनलाई अभय दान दिए। आत्मसमर्पणका क्रममा हिरोले आफ्नो सामुराई तरवार पनि प्रधानमन्त्रीलाई दिएका थिए। उनीसँग २५ क्यालेबर राइफल, पाँच सय राउण्ड गोली र केही हाते ग्रिनेड पनि थियो, जुन फिलिपिन्स सरकारलाई बुझाए।

छाडेर गए, ‘नो सरेन्डर’
अब हिरोलाई जापान फिर्ता ल्याइयो। युद्धमा जाँदा २२ वर्षका हिरो अब ५१ वर्षका भइसकेका थिए। जापान पुग्नासाथ उनी ‘मिडिया सेन्सेशन’ भइहाले। राष्ट्रिय व्यक्तित्व, सहरका जीवित किंदन्तीका रुपमा उनको चर्चा हुन थाल्यो। जापान सरकारले तिन दशकसम्मको उनको तलब पनि दियो। कयौं संस्था र व्यक्तिले उनलाई पुरस्कार र पैसा पनि दिए। यसमध्ये केही रकम उनले फिलिपिन्सको लुबाङ टाउको त्यो गाउँलाई पनि दान दिए, जसको आसपासको जंगलमा उनले तीस वर्ष बिताएका थिए।

बदलिएको जापान देखेर हिरो केही हताश भए। जंगलमा अनेक कष्ट र जोखिम सहेर बाँचेका हिरोलाई जापानको तीव्र गतिशील जीवनमा बाँच्न समस्या हुन थाल्यो। अनि उनी ब्राजिल गए र त्यहाँको जापानी समुदायमा रहन थाले।

बदलिएको जापान देखेर हिरो केही हताश भए। जंगलमा अनेक कष्ट र जोखिम सहेर बाँचेका हिरोलाई जापानको तीव्र गतिशील जीवनमा बाँच्न समस्या हुन थाल्यो। अनि उनी ब्राजिल गए र त्यहाँको जापानी समुदायमा रहन थाले।

ब्राजिलमै रहँदा एक महिलासँग विवाह पनि गरे, जसले हिरोलाई जापानको नयाँ तौर तरिका सिकाइन्। अब हिरो खेती किसानीमा लागे। एउटा शान्त जिन्दगी। यसैक्रममा उनले एउटा किताब लेखे, ‘नो सरेन्डर।’ यो किताब बेस्ट सेलर बन्यो।

एकदिन हिरोले पत्रिकामा एउटा खबर पढे। खबर थियो, जापानका एक १३ वर्षीय बालकले आफ्नै पितामाथि छुरी प्रहार गरेको। अनि हिरोलाई लाग्यो, अचेलका बालबालिकामा धैर्यधारण गर्ने क्षमता कमजोर हुँदै गइरहेको छ। त्यसपछि हिरो पुनः जापान फर्किए। बच्चालाई ‘सर्भाइभल टेक्निक्स’ सिकाउन थाले, जसमा उनी पारंगत थिए।

सन् १९९६ मा फिलिपिन्सको लुबाङ टापुमा पनि गए। त्यहाँका नागरिकसँग क्षमा मागे। सन् २०१४ जनवरी १७ मा ९१ वर्षको उमेरमा हृदयघातका कारण उनको निधन भयो।

सन् १९९६ मा फिलिपिन्सको लुबाङ टापुमा पनि गए। त्यहाँका नागरिकसँग क्षमा मागे। सन् २०१४ जनवरी १७ मा ९१ वर्षको उमेरमा हृदयघातका कारण उनको निधन भयो।

हिरोको जीवनमा आधारित हलिउड चलचित्र ‘ओनोडा, टेन थाउजेन्डस् नाइटस् इन द जंगल’को निर्माण भइसकेको छ, जुन प्रदर्शनमा आउन बाँकी छ। यसैगरी उनका बारेमा थुप्रै छोटा फिल्म पनि बनिसकेका छन्। उनको पुस्तक ‘नो सरेन्डर’ अहिले पनि उत्तिकै बिक्री हुने गरेको छ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  १० : ३४ बजे

नेपाल प्रिमियर लिगको ट्रफी सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– मंसिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)

सुनको मूल्यमा गिरावट, तोलामा करिब १६ हजार घट्यो

काठमाडौं– नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा भारी गिरावट

लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बोडियासँग सभामुखको आग्रह

कम्बोडिया– पाँच दिनको कम्बोडिया भ्रमणमा रहेका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले

आठ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस

काठमाडौं– नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब

नारायणी अस्पतालमा ‘क्याथ ल्याब मेसिन’ उपयोगविहीन 

पर्सा– ‘क्याथ ल्याब मेसिन’ जडान गर्ने स्थानको अभावमा नारायणी अस्पताल